Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

उपकुलपति नियुक्तिको विरोध

विहीबार, १० भदौ २०७२

काठमाडौं १० भदौ / विप्लब निकट विद्यार्थी तथा प्राध्यापक संगठनले विश्वविद्यालयमा उपकुलपति नियुक्तिको विरोध गरेको छ । भागवण्डाका आधारमा नियुक्ति गरिएको भन्दै अखिल क्रान्तिकारी र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले विरोध गरेको हो ।

प्राध्यापक संगठनका अध्यक्ष मोहन खतिवडा र विद्यार्थी संगठनका अध्यक्ष शरद रसाइलीले बिहीवार जारी गरेको संयुक्त पे्रस वक्तव्यमा उपकुलपति नियुक्ति दलीय भागवण्डाका आधारमा नगरी योग्यता, क्षमता, दक्षता तथा वरिष्ठताका आधारमा गर्न सुझाव दिएको स्मरण गराईएको छ । आफ्ना सुझावहरु सुन्ने र आन्दोदन नगर्न दिएको आश्वासन सेलाउन नपाउँदै पहिलो चरणमा पाँचवटा विश्वविद्यालयको प्रमुख कार्यकारी पदमा वौद्धिक चोरीको समेत सामाजिक अभियोग लागेका र आफ्नै कार्यकर्ता भर्ति गर्ने गरी गरिएको नियुक्तिले स्तब्ध  बनाएको वक्तव्यमा उल्लेख छ । अन्य विश्वविद्यालयमा समेत दलीय भागबण्डा गरीएको भन्दै दुवै संगठनले विरोध गरेका छन् ।

वक्तव्यमा विश्वविद्यालयलाई दलको कार्यालय बनाएमा आगामी समयमा उच्च शिक्षा नै अस्तव्यस्त हुने साथै तीन दलीय भागवण्डाले विश्वविद्यालयको गरिमामा प्रतिकुल असर परिरहेको उल्लेख छ ।  पदाधिकारीहरु भ्रष्टाचार र अनियमिततामा डुबेको जिकिर गर्दै यो निर्णय खारेज गर्न माग गरिएको छ ।

कांग्रेसले आफुहरुसँग समन्वय नै नगरि एकलौटी रुपमा विश्वविद्यालयमा उपकुलपतिहरुको नियुक्ति गरेकोमा विरोध जनाउदैं सत्ता साझेदार नेकपा एमाले निकट प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

प्रतिक्रिया