Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षा पत्रकार सिलवालसहित छ पत्रकार पुरस्कृत

मंगलबार, १५ असार २०७२

काठमाडौं १५ असार / शिक्षा लगायत विभिन्न विटमा रिपोटिङ् गदै आएका पत्रकारलाई  ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२’ ले  पुरस्कृत गरेको छ । शिक्षातर्फ राष्ट्रिय समाचार समितिका समाचारदाता प्रकाश सिलवाल, वातावरणतर्फ ‘राजधानी’ दैनिकका नवीन लुइँटेल, फोटो पत्रकारितातर्फ ‘गोरखापत्र’का कविता थापा, स्वास्थ्यतर्फ ‘नेपाल समाचारपत्र’का भगवती तिमल्सिना, आर्थिकतर्फ ‘कारोबार’ दैनिकका सञ्जय न्यौपाने र नयाँ विधामा ‘इमेज टेलिभिजन’का जगदीश खरेललाई पुरस्कृत गरेको हो । रोटरीका डिस्ट्रिक गभर्नर रवीन्द्रकुमार पिया र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पुरस्कृत पत्रकारलाई जनही २५ हजार रुपैंया प्रदान गरे । 

रोटरीले विभिन्न विधामा कार्यरत पत्रकार संस्थाको सिफारिसमा परेकामध्येलाई चार वर्षदेखि पुरस्कृत गर्दै आएको छ । महासङ्घका अध्यक्ष डा विष्टले भूकम्पका बेला सञ्चारमाध्यमले परिपक्व भूमिका खेलेको बताउँदै विपद्का बेलामा रोटरीले पु¥याएको सहयोगको प्रशंसा गरे ।  रोटरीका डिस्ट्रिक गभर्नर पियाले भूकम्प अतिप्रभावित १४ जिल्लाका १ सय १४ विद्यालयको पुनःनिर्माणमा शिक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँग त्रिपक्षीय सम्झौता भएको बताए । 

पुरस्कार छनौट समितिमा अध्यक्ष डा विष्टसहित राससका नायब महाप्रबन्धक निर्मला आचार्य, मिडिया एडभोकेसी गु्रपका अध्यक्ष बबिता बस्नेत, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, गभर्नर पिया र रोटरीका जनसम्पर्क समितिका संयोजक सन्तोष शर्मा रहेका थिए । 

प्रतिक्रिया