Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई

सोमबार, १४ असार २०७२

काठमाडौं १४ असार / यो बर्षको ‘मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’  गोरखापत्रका समाचारदाता प्रकृति अधिकारीलाई प्रदान गरिएको छ ।  मदन भण्डारी मेमोरियल कलेजले स्थापना गरेको पुरस्कार कलेजको बार्षिकोत्सवका अवसरमा प्रदान गरिएको हो । एमालेका उपाध्यक्ष विद्या भण्डारीले २५ हजार रुपैंया राशीको उक्त पुरस्कार अधिकारीलाई प्रदान गरिन् । शिक्षा विटमा कृयाशिल अधिकारी विगत डेढ दशक देखि पत्रकारितामा कृयाशिल छन् । तिन बर्ष अघि स्थापना गरिएको उक्त पुरस्कार पहिलोपटक एडुखबरका प्रधान सम्पादक अनमोलमणि पौडेललाई प्रदान गरिएको थियो । गत बर्ष उक्त पुरस्कार राससका पत्रकार प्रकाश सिलवाललाई प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै पुरस्कार छनौट समितिका अध्यक्ष त्रिविका पूर्व उपकुलपति कमलकृष्ण जोशिले शिक्षा क्षेत्रका विकृति र विसंगती चुनौतिका रुपमा आएको बताउँदै यसको अन्त्य गर्न राज्यले ध्यान पुर्याउनु पर्ने बताए । प्रमुख अतिथी भण्डारीले सर्वसुलभ शुल्कमा उच्च शिक्षा प्रदान गर्न कलेज स्थापना गरिएको बताउँदै कलेजले अब प्राविधिक शिक्षालाई जोड दिदैं विस्तार गर्ने बताईन् । 

कलेजका प्रिन्सिपल डा.ध्रुव कार्कीले शैक्षिक क्षेत्रमा ज्ञान विस्तार गर्न कलेज सदैव कृयाशिल हुने बताए । कलेजमा विज्ञान, मानवीकि, शिक्षामा प्लस टु र स्नातक संकायको पढाई हुन्छ । यस्तै स्नातकोत्तरमा पत्रकारिता र  समाजशास्त्रको पढाई हुन्छ । कलेजमा करीव १ हजार विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ । 

 

प्रतिक्रिया