Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

एसएलसी उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा विदाइ

आइतबार, १३ असार २०७२

काठमाडौं १३ असार / एसएलसीमा उत्तिर्ण विद्यार्थीलाई सूर्योदय आवासीय माध्यमिक विद्यालय घट्टेकुलोले  सम्मान तथा विदाई गरेको छ । ९०.९ प्रतिशत अङ्क सहित उत्तिर्ण छात्रा अस्मि सापकोटालाई नगद दश हजार रुपैंया सहित विशेष सम्मान गरियो । प्रमुख अतिथि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरी लम्साल तथा विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्य बहादुर के.सी. ले संयुक्त रुपमा विद्यार्थीलाई  टीका, माला, खादा तथा प्रमाण पत्र प्रदान गरे । 

छात्र र छात्रातर्फ उत्कृष्ट प्रज्ज्वल क्षेत्री र अश्मि सापकोटाका अभिभावकलाई दोसल्ला ओढाइ सम्मान गरियो । साथै विषयगत उत्कृष्ट सामाजिक विषय शिक्षक सुरेश भट्टलाई मेडल, प्रमाणपत्र, माला तथा खादाले सम्मान गरियो । 

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा विद्यार्थी, अभिभावक, एवम् शिक्षक शिक्षिका सहभागी थिए । 

प्रतिक्रिया