Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

उत्कृष्ठ शिक्षकका लागि आवेदन हाल्ने म्याद थप

बुधबार, ०२ असार २०७२

काठमाडौं २ असार / चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारका लागि आवेदन हाल्ने म्याद थप गरिएको छ । असार १५ गते सम्म कायम गरिएको म्याद भूकम्पका कारण असार मसान्त सम्मलाई बढाईएको फाउण्डेशनले जनाएको छ ।

सामुदायिक विद्यालयमा पढाउने शिक्षक मध्येबाट फाउण्डेशनले उत्कृष्ठ शिक्षक छनौट गर्दै आएको छ ।  शिक्षा क्षेत्रमा विशिष्ट योगदान  पुर्याउने सामुदायिक विद्यालयका शिक्षकलाई ९प्रजापति० पी।पी प्रसाईं पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ । एक जना उत्कृष्ट राष्ट्रिय शिक्षकलाई ५० हजार, पाँच विकास क्षेत्रबाट एक एक जना गरी पाँच जनालाई उत्कृष्ठ शिक्षकलाई जनही २५ हजारका दरले पुरस्कार र विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिन्छ ।

छनौटमा पर्न के गर्ने र ? पढ्नुहोस्

उत्कृष्ठ शिक्षकको खोजी (५० हजार पुरस्कारको घोषणा)

प्रतिक्रिया