Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

पाटनमा अस्थाई सिकाई केन्द्र मार्फत पठन पाठन

आइतबार, १७ जेठ २०७२

ललितपुर १७ जेठ / भूकम्पका कारण क्षती भएको पाटन उच्च माविमा बनेका ५ वटा अस्थाई सिकाई केन्द्र मार्फत पठन पाठन शुरु भएको छ । उपत्यकामा केन्द्र निर्माण गर्ने यो पहिलो सामुदायिक विद्यालय हो ।

समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को पहल, जिल्ला शिक्षा कार्यालय ललितपुरको संयोजन तथा युनिसेफको सहयोगमा केन्द्र निर्माण भएको हो । केन्द्र हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी शिव कुमार सापकोटाले विभिन्न संघसंस्थाको सहयोगमा ललितपुरमा दुई सय वटा केन्द्र निर्माण हुँदै गरेको बताए । 

सिविसका अध्यक्ष बिमला ज्ञवालीले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको स्थानीय प्रविधी र जनशक्तिबाट नै यी संरचनाहरु निर्माण गर्दै विद्यालयका कक्षा कोठाको विकल्पका रुपमा अस्थायी संरचना निर्माण भएको बताईन् ।

सिविसले युनिसेफको सहयोगमा ललितपुरमा २० वटा र टिडीएच जर्मनीको सहयोगमा भक्तपुरका १२ वटा केन्द्रहरु निर्माण गरी विद्यालय तथा समुदायलाई हस्तान्तरण गर्ने जनाएको छ । 

प्रतिक्रिया