Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

भूकम्प प्रभावित बालबालिकालाई बाल मैत्री स्थल

शुक्रबार, १५ जेठ २०७२

काठमाडौं १५ जेठ / भूकम्पका कारण डराएका बालबालिकालाई केन्द्रित गरेर समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले उपत्यका र काभ्रेमा गरी २५ वटा बाल मैत्री सिकाई केन्द्रहरु स्थापना गरेको छ । विभिन्न संघ संस्था तथा सरकारी निकायको सहकार्यमा शुरु यस्ता केन्द्रलाई बाल संरक्षण चौतारी नाम दिईएको छ । यस्ता केन्द्रहरुमा मनोबैज्ञानिक त्रास कम गराउँदै बालमैत्री ढंगले अध्ययन, मनोसामाजिक सेवा र मनोरञ्जनका अवसर प्रदान गरिने शिक्षक राजु केसीले बताए । 

काठमाडौं उपत्यकामा दुई हजार दुई सय ४३ बालबालिकालाई स्वास्थ्य तथा मनोविमर्श सेवा संगै  चित्रकला, खेलकुद, गीत गाउने, नाच्ने, पढ्ने लगायतका क्रियाकलापमा सहभागि गराईएको छ । 

जेठ १७ देखि विद्यालयहरु सञ्चालन भएपछि केही आवश्यक बालमैत्री स्थलहरु बाहेक अन्यलाई बन्दगरी ३१ वटा अस्थायी सिकाई केन्द्रहरु ललितपुर तथा भक्तपुरमा स्थापना गर्न लागेको सिविसका बालसंरक्षण संयोजक युवराज घिमिरेले बताए ।

प्राकृतिक विपद पछि विद्यालय प्रवेशलाई सहज बनाउन तथा विद्यालय जाने वातावरण निर्माणका लागि शिक्षकहरुलाई मनोसामाजिक अभिमुखीकरण गर्ने काम पनि जारी रहेको उनले बताए ।

प्रतिक्रिया