Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षाका कर्मचारीद्धारा विद्यालयको अस्थाई भवन निर्माण

बुधबार, १३ जेठ २०७२

काठमाडौं १३ जेठ / नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षा विभागीय समितिले भूकम्पले भत्काएको सिन्धुपाल्चोकको साँगाचोक ९ मा रहेको पोखरे प्राविको अस्थाई भवन निर्माण गरिदिएको छ । समितिका सचिव श्रीहरी श्रेष्ठ सहितको टोलीले श्रमदान र ५० हजार रुपैंयाको लागतमा विद्यालयको अस्थाई टहरो सहित कक्षा कोठाका लागि पाल निर्माण गरेको हो । 

विद्यालयको निर्माण संगै संगठनले विद्यार्थीलाई एक महिनाका लागि खाजा र स्टेशनरी प्रदान गरिएको संगठनका केन्द्रिय सदस्य अर्जुन रायमाझिले जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी दीनानाथ पुरी, विद्यालयका शिक्षक, अभिभावक लगायतले भवन निर्माण गरिदिएकोमा उक्त टोलीलाई धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया