Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

भूकम्प पीडितको शिक्षाका लागि छुट्टै कोषको माग, एक महिनाको तलब सहयोग

शुक्रबार, ०८ जेठ २०७२

पोखरा ८ जेठ / क्षेत्रीय शिक्षा निर्देशनालय, पोखराका उपनिर्देशक ईवरीप्रसाद पोखरेलले भूकम्प पीडित बालबालिकाको शिक्षाका लागि छुट्टै कोष स्थापनाको माग सहित आफ्नो एक महिनाको तलब नेपाल सरकारलाई बुझाएका छन् । उनले वैशाख महिनाको तलब २२ हजार १ सय १२ रुपैयाको चेक पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया मार्फत नेपाल सरकारलाई बुझाएका हुन् ।

आपत विपतमा परेका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने गरी “बालबालिका शिक्षा, स्वास्थ्य परामर्श कोष” स्थापना हुनु पर्ने माग सहित उनले उक्त रकम बुझाएका हुन् ।

प्रधानमन्त्री उद्धार तथा राहत कोष जस्तै गरी बालबालिकाका लागि छुट्टै कोष आवश्यक ठानेर सहयोग गरेको उनले बताए । 'म सरकारी कर्मचारी हुँ त्यो भन्दा पहिले म एक नेपाली नागरिक हुँ, विपद्को समयमा नागरिकले निर्वाह गर्नु पर्ने भूमिका अझ धेरै हुने ठानेर मैले यो पहल शुरु गरेको हुँ' उनले भने, 'महाभूकम्पको राष्द्रिय पिडा र शिक्षामा नागरिक समाजको भूमिका बढाउन मैले अभियन शुरु गरेको हुँ ।' 

बलबालिकाको शिक्षा तथा स्वास्थ्यको आधारभूत सेवासुविधाको सुनिश्चितता हुने वैज्ञानिक आधारशीला स्थापना गर्न सरकारलाई सहयोग पुगोस् भनेर बीज कोषको स्थापनाका लागि उक्त रकम हस्तान्तरण गरेको उनले बताए ।

तुराङ ७ गुल्मी स्थायी घर भएका पोखरेलले  आमा तुलसादेवी पोखरेलको स्मृतिमा उक्त रकम हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया