Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षक आयोगमा प्रतिस्पर्धा गर्न चाहनेलाई पुस्तक

विहीबार, ०७ जेठ २०७२

काठमाडौं ७ जेठ / शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न चाहनेहरुका लागि लक्षित गरेर शिक्षक श्रोत पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा शिक्षण विधि देखि विद्यार्थी मूल्याँकनका आधार, पठन पाठनका तौर तरिका तथा राज्यले अबलम्बन गरेका विद्यमान शैक्षिक कार्यक्रमहरुका बारेमा सविस्तार चर्चा गरिएको छ ।

शिक्षाका विभिन्न क्षेत्र र निकायमा कृयाशिल १५ व्यक्तिका १७ आलेखहरु पुस्तकमा समावेश गरिएको छ ।
यसका अलावा पुस्तकमा शिक्षक सेवा आयोगको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र सार्क मुलुकहरुको शिक्षाको उद्धेश्य तथा विद्यालयको संरचना सम्बन्धि आधारभूत जानकारी पनि समावेश गरिएको छ ।

सिकाइ समूहले प्रकाशन गरेको पुस्तक खुल्ला प्रतियोगिताका प्रतियोगी, शिक्षक लाईसेन्सका परीक्षार्थी, शिक्षा शास्त्रका विद्यार्थी तथा शिक्षकका लागि उपयोगि हुने प्रकाशकको दावि छ ।

पुस्तक, शरच्चन्द्र वस्ती, सुदर्शन घिमिरे र बाबुराम विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया