Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

विद्यालयमा हुने हिंसा तथा यौन दुव्र्यवहार विरुद्ध आह्वान

मंगलबार, २४ चैत्र २०७१

काठमाडौं २४ चैत / विद्यार्थी भर्ना कार्यक्रम र विद्यालय स्तरमा हुने हिंसा तथा यौन दुव्र्यवहार विरुद्धको राष्ट्रव्यापी अभियान सफल पार्न शिक्षा मन्त्रालयले आह्वान गरेको छ । हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने बैशाख ३ गते विभिन्न कार्यक्रम गरी अभियान सफल पार्न मन्त्रालयले सम्बन्धित सरोकारवालाहरुसँग आग्रह गरेको छ ।

यसैविच अभियान सफल पार्न जिल्ला शिक्षा कार्यालय भक्तपुरले विशेष कार्यक्रम गर्ने तय गरेको छ । सोमबार बसेको सरोकारवालाहरु सम्मिलित जिल्ला स्तरीय बैठकले विद्यालयस्तरमा हुने हिसा तथा यौन दुर्व्यवहार विरुद्धको अभियानलाई सफल पार्न  सवै निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । स्रोत केन्द्रतहमा स्रोतव्यक्तिको संयोजकत्वमा स्रोतकेन्द्र स्तरीय समिति गठन गरी विभिन्न कार्यक्रम गर्न निर्देशन गर्ने र सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विद्यालयमा हुने हिसा तथा यौनदुर्व्यवहार विरुद्धको राष्ट्रव्यापी अभियान संचालन कार्यविधी २०७१ अनुसार विद्यालयमा महिला शिक्षकलाई फोकल पर्सन तोकि छात्रछात्राहरुलाई लैङ्गिक हिंसा र यौनजन्य दुर्व्यवहार वाट वच्ने उपायको वारेमा अभिमुखिकरण गर्ने, समस्या समाधानका लागि सहयोग गर्ने र विद्यालयमा वालमैत्री वातावरण निर्माण गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

प्रतिक्रिया