Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

पी एण्ड पी र ईक्यानविच सहकार्यको सम्झौता

शुक्रबार, २० चैत्र २०७१

काठमाडौं २० चैत / एडुखबरको सञ्चालक संस्थापी एण्ड पी मल्टिमिडिया (प्रस्पेक्टिभ एण्ड पार्टिसिपेसन) र नेपाल शैक्षिक परामर्श संघ ईक्यान विच सहकार्यको सम्झौता भएको छ । सम्झौतामा पि एन्ड पि मल्टि मिडियाका अध्यक्ष श्रीधर पौडेल र इक्यान अध्यक्ष राजेन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

ईक्यानका अध्यक्ष बरालले सहकार्य प्रति खुसी व्यक्त गर्दै ठूलो लगानी रहेको शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित र मर्यादित बनाउन मिडियाको समेत जिम्मेवारी रहेको बताए । अध्यक्ष पौडेलले सार्वजनिक शिक्षाका क्षेत्रमा जस्तै एडुखबरले विदेश जान चाहने विद्यार्थीले भोगिरहेको समस्या, उनीहरुले गरेका प्रगति तथा विदेश जानु अघि गर्नु पर्ने तयारी र त्यहाँ पढेपछि देशका लागि गर्नु पर्ने योगदान लगायतका विषयमा विगत देखिनै सामाग्री प्रकाशन गर्दै आएको जानकारी दिए ।

यसै विच विदेशमा पढ्न जान चाहने नेपाली विद्यार्थीलाई एकै थलोमा परामर्श लगायतका अन्य जानकारी उपलब्ध गराउन आयोजना गरिने सबै प्रकारका शैक्षिक मेलाको ब्यवस्थापन गर्न ईक्यानले दुई वटा संस्था सँग छुट्टा छुट्टै सम्झौता गरेको छ ।

बैशाख २५ र २६ गते हुने अष्ट्रेलिया–न्युजिल्याण्ड शैक्षिक मेला र असोज ८ र ९ मा हुने जापान शैक्षिक मेला आयोजनाको जिम्मा अक्जिम नेपाल प्रा. लि. ले पाएको छ । त्यस्तेै बृहत शैक्षिक मेला, चितवन शैक्षिक मेला, कास्की शैक्षिक मेला तथा मोफसलमा हुने प्रादेशिक तथा गन्तब्य विशेष अन्य प्रकारका शैक्षिक मेला गर्ने जिम्मा वान अप इभेन्टस एण्ड मिडिया सोलुसन्स प्रा. लि. ले पाएको छ । बृहत शैक्षिक मेला असार १७ देखि २० सम्म काठमाडौंमा आयोजना हुदैछ । त्यस्तै चितवन शैक्षिक मेला असार २२ देखि २४ हुने छ भने, अन्य शैक्षिक मेलाको मिति पछि तय गरिने छ ।

मेला गर्नका लागि ईच्छुक संस्थाहरुबाट बोलपत्र आह्वान गरि दुई संस्था छनौट भएको ईक्यानले जनाएको छ ।

सम्झौता पछि ईक्यानका अध्यक्ष बरालले विगत आठ वटा मेला भन्दा भिन्न र आर्कषक मेला आयोजना हुने अपेक्षा गरे । यसबाट विद्यार्थीले एकै थलोमा आवश्यक परामर्श पाउने र उपलब्धि मूलक हुने अपेक्षा गरे । अक्जिम नेपालका विष्णु आचार्य र वान अपका रवीकुमार झाले ईक्यानको ईमेज र ब्राण्डलाई कायम राखि विशेष रुपमा मेला आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया