Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

संगीता र सीमालाई नोबेल एकेडेमीद्धारा छात्रबृत्ति

सोमबार, ०९ चैत्र २०७१

काठमाडौं ९ चैत / एसिड आक्रमणबाट घाईते छात्रा संगीता मगर र सीमा बस्नेतलाई कक्षा ११ र १२ पढ्नका लागि नोबेल एकेडेमीले छात्रबृत्ति प्रदान गरेको छ । दुई बर्षका लागि प्रति ब्यक्ति १ लाख ५७ हजार रुपैंयाको छात्रबृत्ति प्रदान गरिएको हो । अहिले अस्पतालकै शैयाबाट एसएलसी दिदैं आएका मगर र बस्नेतले एसएलसी उत्तीर्ण गरेपछि विज्ञान वा ब्यवस्थापन जुन विषय ईच्छा लाग्छ त्यहि विषय पढ्न पाउने एकेडेमीले जनाएको छ । 

बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले नोबेल छात्रबृत्ति २०७२ प्रदान गरेका हुन् । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा यस पटक बस्नेत र मगरलाई छात्रबृत्ति प्रदान गरेको एकेडेमीका संस्थापक तथा बोर्ड कोअर्डिनेटर शंकर श्रेष्ठले बताए । ‘सरकारले तोकेको छात्रबृत्ति मात्रै हैन पढ्न मन भएका तर पैसाकै कारणले पढ्न नपाएका विद्यार्थीलाई पनि हामी छात्रबृत्ति दिदैं आएका छौं’ उनले भने, ‘निजी क्षेत्रलाई शिक्षामा ब्यापार गर्ने भनेर आरोप लगाईन्छ, तर हामी ब्यापार मात्रै गर्दैनौं सामाजिक उत्तरदायित्व पनि बहन गर्छौ ।’

बस्नेत वीर अस्पतालमा र मगर केएमसी अस्पतालमा उपचाररत छन् । रामेछाप पुलासी(८ घर भई हाल टोखा बस्ने २० वर्षका जीवन बिकले संगीता मगरसँगको प्रेम टुटेपछि बदला लिन एसिड आक्रमण गरेको प्रहरीले पत्ता लगाएको छ ।

गत फागुन १० गते बसन्तपुरको एक ट्युशन सेन्टरमा उनीहरु माथि एसिड आक्रमण भएको थियो ।

प्रतिक्रिया