Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

ब्रीटीस काउन्सिलद्धारा विद्यालयलाई सहयोग

विहीबार, ०५ चैत्र २०७१

काठमाडौं ५ चैत / वातावरण, सामाजिक न्याय तथा दुव्र्यसन विरुद्ध विद्यार्थी परिचालन गरी जनचेतनामूलक कार्य गर्न ब्रीटीस काउन्सिलले विभिन्न जिल्लाका ३० विद्यालयलाई सहयोग गरेको छ । ‘कक्षा कोठाहरुलाई जोड्ने सामाजिक कार्य’ परियोजनाबारे आह्वान गरिएको प्रस्ताव अनुसार दर्ता भएका विद्यालयहरु मध्ये ३० विद्यालयलाई छनौट गरिएको काउन्सिलले जनाएको छ ।

स्थानीय समुदायको हित गर्ने योजना समावेश गरिएका प्रस्तावहरु मध्ये छनौट भएका विद्यालयहरुलाई प्रति विद्यालय २ सय पाउण्ड सहयोग गरिएको काउन्सिलले जनाएको छ ।

२०१४ को डिसेम्बर सम्ममा पेश गरिएका परियोजनाका योजनाहरुको ब्रिटिस काउन्सील र माइती नेपालले मूल्याङ्कन गरेको थियो । परियोजना प्राप्त गर्ने विद्यालयहरुलाई ३ महिनाको समय दिईएको छ । काउन्सिल र डि.एफ.आइ.डिको सहकार्यमा बनाईएको कार्यक्रमले यूवा वर्गलाई स्वतन्त्ररुपले विश्व अवधारणाको बारेमा जानकारी दिन सघाउने अपेक्षा गरिएको छ ।

नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, झापा, लम्जुङ्ग, कास्कि, फर्पिङ्ग, काभ्रे,  काठमाण्डौं र ललितपुरका विद्यालयहरु छनौटमा परेको काउन्सिलले जनाएको छ ।

काउन्सीलले आफ्नो विश्वव्यापी कार्यक्रम अन्तरगत विद्यालयहरुलाई एक अर्कासँग जोड्छ । यसैगरी शिक्षकहरुका लागि व्यवसायिक रुपमा बनाइएको कोर्षले विद्यालय साझेदारीको अवसर प्रदान गर्छ जस अन्र्तरगत शिक्षकहरुले आफ्ना राम्रा अनुभवहरु देश भित्र र विदेशमा पनि साट्ने अवसर पाउँछन् ।

प्रतिक्रिया