Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

विषाक्त रोटी खाँदा अभिभावक गुमाएकालाई ईक्यानद्धारा छात्रबृत्ति

सोमबार, ०२ चैत्र २०७१

काठमाडौं २ चैत / विषाक्त रोटी खाँदा अभिभावक गुमाएका धाँदिङ् पिँडाका ६ जना बालवालिकालाई नेपाल शैक्षिक परामर्श संघ ईक्यानले छात्रबृत्ति उपलब्ध गराएको छ । अभिभावक गुमाएकै कारण वालवालिका पढाईबाट बञ्चित हुन नपरोस् भनेर छात्रबृत्ति उपलब्ध गराएको अध्यक्ष राजेन्द्र बरालले बताए ।

छात्रबृत्ति पाउने वालवालिकामा सुनमायाँ तामाङ्, शान्तिमायाँ तामाङ्, बुद्ध सिंह तामाङ्, पूर्णबहादुर तामाङ्, राजु तामाङ् र बुद्धिलाल तामाङ् रहेका छन् ।

धाँदिङ्का सभासद् राजेन्द्र पाण्डेले अभिभावक तथा विद्यालयका प्रतिनिधिलाई छात्रबृत्ति प्रमाणपत्र प्रदान गरे ।

छात्रबृत्ति पाउने हरेक बालबालिकाले शिक्षण मसलन्द शिर्षक अन्र्तगत कक्षा १० सम्म बर्षको २० हजार रुपैंया पाउने ईक्यानले जनाएको छ । छात्रबृत्ति पाउने वालवालिकाको कक्षा फरक फरक भएकोले यसका लागि १० लाख रुपैंया हाराहारी खर्च हुने र यसको छुट्टै कोष बनाईने महासचिव महेश वावु तिमिल्सिनाले बताए ।

विऊका लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा गत फागुन २५ गते पिँडा गाविस चिउरी भञ्ज्याङ् पुकुनका सञ्जबहादुर तामाङ्का परिवारका ६ जनाको ज्यान गएको थियो । १५ जना विरामीको प्रस्तावित मनमोहन मेडिकल कलेज स्वयम्भुमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया