Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

कान्छा निर्देशकलाई सूर्योदयद्धारा छात्रबृत्ति

सोमबार, ०२ चैत्र २०७१

काठमाडौं २ चैत / विश्वकै कान्छा निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टलाई उनी पढ्ने विद्यालयले कक्षा १० सम्म द्धात्रबृत्ति उपलब्ध गराएको छ । उनी सूर्योदय आवासीय माध्यमिक विद्यालय डिल्लीबजारमा कक्षा २ मा अध्ययनरत छन् ।

सोमबार बसेको विद्यालय सञ्चालक समितिको बैठकले कक्षा ३ देखि कक्षा १० सम्म पढ्दा लाग्ने करिब  ३ लाख ५० हजार रुपैंया बराबरको छात्रवृत्ति  प्रदान गर्ने निर्णय गरेको विद्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘विद्यालय प्रतिभाको आँगन हो’ आफ्नो आँगनीमा फुलेको फूललाई प्रोत्साहन गर्नका निमित्त अर्थात् सौगात विष्टको प्रतिभा र क्षमताको कदर स्वरुप भावि दिनमा उनको अतिरिक्त विधासँगै शैक्षिक वृत्ति विकासका लागि छात्रबृत्ति उपलब्ध गराईएको विज्ञप्तिमा उल्लेख छ ।

आठ वर्षका विष्टल ठूलो पर्दाको नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ को निर्देशन गरेका हुन् । उक्त विद्यालयमा प्रिन्सिपल निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी हुन् ।

प्रतिक्रिया