Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

रेडियन्टद्धारा विद्यार्थीलाई सम्मान

आइतबार, ०१ चैत्र २०७१

ललितपुर १ चैत / रेडियन्ट रिडर्स एकेडेमी सानेपाले गत बर्षको एसएलसीमा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल २ जना विद्यार्थीलाई नगद सहित प्रशंसा पत्र प्रदान गरेको छ । विद्यार्थी आशिष चौधरी र देशान्त शाहलाई नगद १० हजार र प्रशंसा पत्र प्रदान गरिएको हो । चौधरीले ९१.७५ प्रतिशत तथा शाहले ९०.१३ प्रतिशत अँक ल्याएका थिए । विद्यार्थी सहित विभिन्न विधामा उत्कृष्ठ शिक्षक तथा कर्मचारीहरूलाई पनि विद्यालयले सम्मान गरेको छ ।

१५ औँ अभिभावक दिवसका अवसरमा भएको उक्त सम्मान कार्यक्तमका प्रमुख अतिथी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय साम्वाहाम्फेले विद्यार्थीको चौतर्फी विकास हुने शिक्षामा जोड दिनु पर्ने बताए । उक्त कुरामा विद्यालय अग्रसर भएको उनले बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल डीके ढुङ्गानाले विद्यार्थीको वहु–प्रतिभालाई पहिचान गरी वहु– प्रतिभाशाली विद्यार्थी उत्पादन गर्न ध्यान दिएको बताए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न प्रस्तुती प्रदर्शन गरेका थिए ।

२०५६ सालमा १९ जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक, कर्मचारी गरेर १ सय २५ जना कार्यरत रहेको प्रिन्सिपल ढुङ्गानाले बताए ।

प्रतिक्रिया