Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

विद्यार्थीलाई खाजाका लागि सहयोग कोष

बुधबार, २७ फागुन २०७१

काठमाडौं २७ फागुन / खाजा खान नपाउने गरिब र विपन्न विद्यार्थी अध्ययनरत् सामुदायिक विद्यालयमा खाजाका लागि सहयोग कोष सञ्चालन भएको छ । पहलो चरणमा नमूनाका रुपमा श्री जनता प्राथमिक विद्यालय, अलमारा, कास्कीमा उक्त कोष स्थापना गरिएको छ ।

खाजा खर्चका लागि विद्यालयलाई ९० हजार रुपैंया प्रदान गरिएको छ । प्रधानाध्यापक डिल्लीराम आचार्यलाई सो रकम हस्तान्तरण गरिएको हो ।
क्रोध रहित संसार नामक गैह्र सरकारी संस्थाले शुरु गरेको उक्त कार्यक्रम आगामी दिनमा विस्तार गरिने संस्थाका अध्यक्ष डिएम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया