Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

विद्यार्थी सडकमा, नारा – जुलुस भएन !

सोमबार, २५ फागुन २०७१

काठमाडौं २५ फागुन / विद्यार्थी संगठनका कार्यकर्ता सडकमा उत्रिएपछि लाठि मुङ्ग्री र आगजनीनै हुन्छ भन्ने आम बुझाई छ । सोमबार विहान प्रदर्शनी मार्गमा जम्मा भएको विद्यार्थीको हुल देखेपछि त्यहि बाटो हुँदै हिड्ने बटुवाहरुले पनि यस्तै अड्कल काटेका थिए ।

तर, विद्यार्थीले न त नारा जुलुस गरे न त टायर नै बाले । उनीहरुले माक्स वितरण कार्यक्रमको ब्यानर टाँगे र शुरु गरे वितरण गर्न ।
बढ्दो स्वाईन फ्लुको संक्रमणका बारेमा जानकारी तथा माक्स लगाएर हिड्दा सक्रमण कम हुन्छ भन्ने चेतना जगाउन कार्यक्रम गरेको अनेरास्ववियुले जनाएको छ ।

एमाले निकट अनेरास्ववियुको काठमाडौं जिल्ला क्याम्पस कमिटिले गरेको कार्यक्रमको अध्यक्ष किशोरविक्रम मल्लले माक्स वितरण गरेर शुरुवात गरे ।

विद्यार्थी संगठनहरु राजनीतिक अभिष्टका साथमा सामाजिक उत्तरदायित्वका लागि पनि उत्तिकै जिम्मेवार छन् भन्ने बोध गराउन कार्यक्रम गरिएको अनेरास्ववियुले जनाएको छ । कार्यक्रममा ५ हजार जनालाई माक्स वितरण गरिएको प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।
फोटो : लामिछानेको फेसबुकबाट

प्रतिक्रिया