Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

उत्कृष्ट विद्यालयलाई सम्मान

सोमबार, २५ फागुन २०७१

झापा २५ फागुन / बालकल्याण माध्यामिक विद्यालय मेचीनगरलाई उत्कृष्ट विद्यालयका रुपमा सम्मान गरिएको छ । मेचीनगर ८ मा रहेको  उक्त विद्यालयलाई पबित्रा–भेषराज खतिवडा स्मृति फाउण्डेशनले नगद ५१ हजार र प्रशंसा पत्र सहित सम्मान गरेको हो ।

झापाको क्षेत्र नम्बर १ र इलामको इरौटारमा रहेका सामुदायिक विद्यालयहरु मध्ये उक्त विद्यालय उत्कृष्ट भएको छनौट समितिले ठहर गरेको हो ।शैक्षिक गुणस्तर र भौतिक व्यवस्थापनको आधारमा सम्मान गरिएको पुरस्कार छनौट समितिका संयोजक चन्द्र भण्डारीले बताए ।
फाउण्डेशनले अन्य चार जना उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।

उत्कृष्ट शिक्षकमा गढिगाउँ उच्च मावि शान्तिनगरका अग्रेजी विषयका शिक्षक युवराज गिरी, उत्कृष्ट शिक्षक कबिशिरोमणी उमाविका नरबहादुर मगर, उत्कृष्ट विद्यार्थीमा राष्ट्रिय विजय मावि शान्तिनगरका माधव पौडेल र ज्येष्ठ नागरिकमा मनमाया खतिवडालाई पुरस्कृत गरिएको थियो । पौडेललाई नगद ५ हजार र अन्यलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरियो । उक्त सम्मान तथा पुरस्कार सभासद् केशबकुमार बुढाथोकीले प्रदान गरेका हुन् ।

प्रतिक्रिया