Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

तेजाव आक्रमणका घाईतेलाई क्रान्तिकारीको सहयोग

विहीबार, १४ फागुन २०७१

काठमाडौं १४ फागुन / तेजाव आक्रमणमा परी घाईते भएका दुई छात्राको उपचारका लागि चन्द निकट अखिल क्रान्तिकारीले सहयोग गरेको छ । संगठनका अध्यक्ष शरद रसाईलीले घाईते छात्राका परिवारलाई एक लाख १० हजार रुपैंया हस्तान्तरण गरे । 

संगठनले घाईते मध्ये गम्भीर रहेकी संगिता मगरलाई ६० हजार र सीमा बस्नेतलाई ५० हजार रुपैंया सहयोग गरेको हो । उक्त रकम संगठनका विभिन्न ईकाई मार्फत संकलन गरिएको प्रचार विभाग संयोजक सन्तोष कोइरालाले बताए ।

वसन्तपुर स्थित् कान्ति ईश्वरी स्कुलमा अध्ययनरत छात्रा सीमा बस्नेत र शान्तिकुञ्च स्कूलमा  अध्ययनरत संगिता मगर माथि वसन्तपुर स्थित एक ट्युसन सेन्टरमा पढिरहेका बेला गएको आईतबार तेजाव आक्रमण भएको थियो ।

तेजाव लागेर संगिताको छाती, पेट र खुट्टा पोलेको छ भने सिमाको अनुहार जलेको छ । उनीहरुको उपचार भईरहेको छ । आक्रमण गर्नेलाई कारवाहिको माग गर्दै क्रान्तिकारीले प्रदर्शन समेत गरेको थियो । तर अहिले सम्म प्रहरीले अपराधिलाई समाउन सकेको छैन ।

यसैविच संगठनले शहीद सप्ताहको पहिलो दिनको अवसरमा शहीद बेपत्ता विद्यार्थी अक्षय कोषको स्थापना समेत गरेको छ । १ लाख राशीको उक्त कोषबाट शहीद तथा जनआन्दोलनका घाईतेका सन्तानलाई बार्षिक रुपमा छात्रबृत्ति दिने क्रान्तिकारीले जनाएको छ ।  गोर्खाका १४ बर्षे डिलबहादुर रम्तेललाई तत्कालिन सुरक्षा फौजले मारेको दिनको सम्झनामा कोष स्थापना गरेको संगठनले जनाएको छ ।

तस्बिर : अखिल क्रान्तिकारी

प्रतिक्रिया