Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

विद्यार्थीको क्षमता विस्तार गर्न शैक्षिक प्रदर्शनी

विहीबार, १४ फागुन २०७१

काठमाडौं १४ फागुन / विद्यार्थीको अतिरिक्त क्षमता विस्तार र विकास गर्ने उद्धेश्यले मेरीडियन ईन्टरनेशनल स्कुल बालुवाटारले शैक्षिक प्रदर्शनी गर्ने भएको छ । विज्ञान, प्रविधि, ईञ्जिनीयरिङ् र गणितसँग सम्बन्धित विभिन्न शैक्षिक कृयाकलापलाई विद्यार्थीले प्रदर्शन गर्ने छन् ।

‘एस टी ई एम फेस्ट’ नाम दिईएको उक्त प्रदर्शनीमा विद्यार्थीले बनाएका प्रविधिसँग सम्बन्धित विभिन्न १० वटा रोबर्ट, विज्ञानसँग सम्बन्धित २६ वटा, गणितसँग सम्बन्धित १६ वटा  र सामाजिक विज्ञानका ८ वटा परियोजना मुख्य आकर्षण हुने विद्यालयले जनाएको छ । यसका अलावा अन्य विषयका पनि भिन्न भिन्नै प्रदर्शनी हुने ‘एस टी ई एम फेस्ट’ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । 

बौद्धमा रहेको विद्यालयको नयाँ शाखा बौद्ध मेरीडियनमा आउँदो १६ र १७ गते प्रदर्शनी हुने छ । उक्त अवसरमा विभिन्न १ सय विद्यालयका विद्यार्थी, शिक्षक र सञ्चालक, शिक्षा सँग सम्बन्धित सरकारी र गैह्रसरकारी क्षेत्रका ब्यक्तिहरुको सहभागिता हुने सहायक प्रिन्सिपल पीएल झाले जानकारी दिए । प्रदर्शनीमा फुड फेस्टिबल समेत हुने र सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

‘विद्यार्थीको दक्षता तिखार्ने उद्धेश्यले उक्त प्रदर्शनी गर्न लागेका हौं’ सहायक प्रिन्सिपल तथा प्रदर्शनीका संयोजक दिनेश न्यौपानेले भने, ‘प्रदर्शनीमा विद्यार्थीले बनाएको सामाग्रीहरुका लागि ६१ र अन्य ८ वटा स्टल रहने छन् ।’

अर्का सहायक प्रिन्सिपल सागर श्रेष्ठले विद्यालयको अवस्थाका बारेमा जानकारी दिएका थिए । उनका अनुसार सन् २००० मा १ सय ४० जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा अहिले १३ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले आफ्नो भगिनी संस्थाका रुपमा जोरपाटी – ७ मा नयाँ शाखा विस्तार गर्न लागेको छ । 

प्रतिक्रिया