Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

विदेशमा विद्यार्थी : पढ्न भन्दा कमाउने लोभ !

विहीबार, ०४ माघ २०७४

काठमाडौं - बर्षको झण्डै २० हजार धेरै नेपाली विद्यार्थी अध्ययनका लागि विदेश गईरहेका छन् । संख्या संगै विद्यार्थीका हैरानी पनि बढ्दै छन् । पढ्ने निउँमा कमाउने बहाना बोकेर जाने विद्यार्थीका कारण  पनि उनीहरुको हैरानी कायमै रहेको हो । छोरा छोरी फलानो देश छन् भन्दा समाजमा बढ्ने शानको लोभले पनि अभिभावकले हतारमा सन्तान विदेश पठाईरहेका छन् । उता पुगेपछि सन्तानको चिन्ता कसरी पढ्ने भन्दा पनि कसरी कमाउने भन्नेमा केन्द्रित हुन्छ । अभिभावकले गरेको खर्चको चुक्ता गर्नु पर्ने बोझले विद्यार्थीलाई थिचिरहन्छ ।

सन्तानको आर्थिक उपार्जनबाट समाजमा शान देखाउन चाहने अभिभावकको कमी छैन । फलत विद्यार्थी पढ्नु भन्दा धेरै कमाउने ध्याउन्नमा पुग्न बाध्य हुन्छ । यसले गर्दा न पढाई न कमाईको पिरलोमा विद्यार्थी पर्छ ।  

यसको मुख्य कारण पर्याप्त जानकारी र परामर्श विनै विदेश जाने हतार नै हो । विद्यार्थीलाई यस्तै हैरानीबाट जोगाउन परामर्श दातृ संस्थाहरुले शैक्षिक मेला गर्दै आएका छन् । यही क्रममा आउँदो मंगलबार अन्नपूर्ण होटलमा शैक्षिक मेला हुँदै छ । मेला किन त ? आयोजक संस्थाका प्रमुख कार्यकारी महेशबाबु तिमिल्सिनाका विचार

मेला किन ?

विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई सही परामर्श र निर्देश गर्न नै मेला आयोजना गरिएको हो । विदेश जानु अघि गर्नु पर्ने आवश्यक आईएलटीएस, टोफेल, पिटिई, स्याट जस्ता कोर्षका बारेमा जानकारीका अलावा सम्बन्धित विश्वविद्यालय वा कलेजका प्रतिनिधिहरुबाटै विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिदाँ प्रभावकारी हुने ठहर साथ मेला गर्न लागिएको हो । मेलामा नेपाली विद्यार्थीलाई अष्टे«लियाका २० विश्वविद्यालयका आधिकारिक परामर्शदाताबाट परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

राम्रा विद्यार्थीले मेलामा आएका कलेज तथा विश्वविद्यालयबाट छात्रवृत्ति समेत पाउन सक्छन् । यो सँगसँगै विद्यार्थीको करियर कसरी अगाडी बढाउने भनेर विज्ञहरूबाट परामर्श पाउँछन् ।
सक्षम र अब्बल विद्यार्थीले सहजै छात्रवृत्ति पाउँछन् । अष्टे«लियाको हकमा राम्रा विद्यार्थीले ट्युसन शुल्कमा पनि २५ प्रतिशतसम्म छुट पाउँछन् । अमेरिकाको हकमा सक्षम, अध्ययनशिल विद्यार्थीले त छात्रवृत्तिसँगै विभिन्न कोर्समा सोचेभन्दा धेरै छुट पाउँदै आएका छन् । विद्यार्थीले छात्रवृत्ति पाउँछु कि पाउँदिन भन्नु भन्दा पहिले आफ्नो क्षमतालाई निखार्न जरुरी छ ।

के कुरामा ध्यान दिने विद्यार्थीले ?

पहिलो, विद्यार्थी अध्ययनमा अब्बल हुनुपर्छ । दोस्रो, अङ्ग्रेजी भाषामा दख्खल हुनुपर्छ आईएलटीएस, टोफेल, पिटिई, स्याट जस्ता कोर्षमा राम्रो अङ्क ल्याउनु पर्छ । तेस्रो, विदेश गईसके पछि कम्तीमा १ वर्षसम्म नेपालबाटै खर्च व्यवस्थापन गर्न सक्ने गरी आर्थिक अवस्था मजबुत हुनुपर्दछ । चौथो, विद्यार्थी स्वस्थ र तन्दुरुस्त हुनुपर्छ । पचौं, विद्यार्थीको चरित्र राम्रो हुनुपर्छ । यी पाँच कुरा राम्रो भएको विद्यार्थी विदेश जान योग्य मात्रै हैन विदेशको शिक्षा हासिल गर्न सक्षम भएर आफूलाई स्थापित गर्न सक्छ ।

नेपाली विद्यार्थीको अध्ययन क्षमता अन्य देशका विद्यार्थी भन्दा राम्रो छ । मेहनेती छन्, शिक्षण सिकाईमा अब्बल छन् । भाषाको सवालमा नेपाली विद्यार्थीले प्रारम्भिक तहदेखि नै अङ्ग्रेजी भाषा पढेको हुँदा चीन, जापान लगायतका देशहरूका विद्यार्थीको तुलनामा अझ  राम्रा छन् ।

जसमा शैक्षिक योग्यता, भाषिक दक्षता, लगनशिलता, नैतिकता छ । जो स्वस्थ र आर्थिक हिसाबले पनि राम्रो छ, ती विद्यार्थी नै योग्य हुन्छन् । विद्यार्थीको उमेर भन्दापनि योग्यता महत्त्वपूर्ण हो । कक्षा १२ उत्तीर्ण गरेका, ब्याचलर गरेका मास्टर्स गरेर पिएचडी गर्न बाहिर जान चाहिरहेका १८ वर्ष पूरा भएका विद्यार्थी योग्य मानिन्छन् ।

विद्यार्थीको तयारी

उच्च तह ९कक्षा १२० उत्तीर्ण गरेको विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण ९६० प्रतिशत० भएको हुनुपर्छ । त्यसपछि आफू जान चाहेको देशको भाषा सिक्नु पर्छ । जस्तै, अष्टे«लिया, क्यानडा, न्युजल्याण्ड र अमेरिकामा अध्ययनका लागि आईएलटीएसमा ६ वा ६।५ भन्दा बढी अङ्क ल्याउनुपर्छ । डेनमार्क अध्ययनमा जाँदा डेनिस भाषा, चीनका लागि चाइनिज भाषा, जापानका लागि एनएटी र जेएलपीटी भाषा परीक्षा उत्तीर्ण गर्नु आवश्यक छ । त्यसपछि आर्थिक रूपमा आफू ती देशहरूमा गएर पढ्न कत्तिको सक्षम छु त्यो स्पष्ट हुनुपर्छ । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक कन्सल्टेन्सीमा गएर परामर्श लिन आवश्यक छ ।

पढ्न भन्दा कमाउने लोभ !

त्यसो त अहिले सम्म हामी मार्फत् विदेश गएका अधिकांश विद्यार्थी उच्च शिक्षा हासिल गर्न भनेर नै गएका छन् । र, हामीले विद्यार्थीलाई परामर्श दिदैंका बखत विद्यार्थी भिसामा गएकाले पैसा कमाउने सोच राख्छ भने त्यो गलत हो भन्छौं । अष्टे«लिया, न्यूजल्याण्ड, युरोप, अमेरिका जस्ता देशमा अध्ययनरत रहँदा विद्यार्थीले साताको निश्चित घण्टामात्र काम गर्न पाउँछन् भने, बिदाको समयमा  पुरा समय काम गर्न पाउँछन् । यसले विद्यार्थीलाई ती देशहरूमा रहन केही आर्थिक सहयोग मात्र पुग्छ । र, यसरी गरेको कामले विद्यार्थीलाई आत्मनिर्भर बनाउन भने ठुलो सहयोग गर्छ । अष्टे«लियामा तीन वर्षे स्नातक र दुई वर्षे स्नाकोत्तर उत्तीर्ण गरे पश्चात् काम गर्न पाइन्छ । जुन समय विद्यार्थीले राम्ररी आर्थिक उपार्जन गर्न सक्छन् ।

विद्यार्थीलाई सुझाव

जो विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान खोजिरहेका छन्, उनीहरु सुरुमा आफैँ सक्षम र अब्बल हुनुपर्छ । विद्यार्थीले आफूलाई शैक्षिक, आर्थिक र मानसिक रूपमा सक्षम र मजबुत बनाए पछि जहाँपनि अवसर पाइन्छ ।  विदेशमा हुने पढाई, लाग्ने खर्च र आफ्नो रुचीका बारेमा पर्याप्त सुचना प्राप्त गर्नु अर्को मुख्य पक्ष हो ।

तिमिल्सिना मेला आयोजक संस्था कंगारु एजुकेशन फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत हन् ।

प्रतिक्रिया