Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

तेजाव आक्रमणको विरोधमा धर्ना

मंगलबार, १२ फागुन २०७१

काठमाडौं १२ फागुन / दुई छात्रा माथि तेजाव आक्रमण गर्नेलाई कारवाहिको माग गर्दै चन्द निकट अखिल क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

निषेधित क्षेत्र भन्दै प्रहरीले बबरमहलबाट भित्र छिर्न नदिएपछि विद्यार्थीले सडकमा २ घण्टा धर्ना दिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकार समक्ष अपराधिलाई तत्काल समात्न माग गरेका छन् । 

आईतबार बसन्तपुरमा दुई किशोरीमाथि भएको तेजाव आक्रमणको विरोधमा चन्द निकट अखिल क्रान्तिकारीले सोमबार पनि प्रदर्शन गरेको थियो ।
घाइते छात्राहरुको उपचार  खर्चको व्यवस्था मिलाउन समेत माग गरेको प्रचार विभाग संयोजक सन्तोष कोइरालाले बताए ।

वसन्तपुर स्थित् कान्ति ईश्वरी स्कुलमा अध्ययनरत छात्रा सीमा बस्नेत र शान्तिकुञ्च स्कूलमा  अध्ययनरत संगिता मगर माथि वसन्तपुर स्थित एक ट्युसन सेन्टरमा पढिरहेका बेला तेजाव आक्रमण भएको थियो ।

तेजाव लागेर संगिताको छाती, पेट र खुट्टा पोलेको छ भने सिमाको अनुशार पूरै जलेको छ । सीमाको वीर र संगीताको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया