Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

कलेजद्धारा रक्तदान

सोमबार, ११ फागुन २०७१

काठमाडौं ११ फागुन / ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)  ले गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीसँग मिलेर कलेजले आईतबार गरेको कार्यक्रममा विद्यार्थी, अध्यापक तथा कर्मचारीले रक्तदान गरेका हुन् ।

प्रायजसोः जाडोयाममा रक्तदाताहरूको कमी भइ रक्तसञ्चार केन्द्रहरुमा रगतको अभावले उपचारमा समस्या पर्ने भएकोले कार्यक्रम गरेको कलेजले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत मानवीय कार्य गरेको कलेजले जनाएको छ । कलेजले हरेक बर्ष गर्दै आएको कार्यक्रम छैंठौं हो ।

गेट कलेजले स्विस होटल एसोसियनको सम्बन्धनमा होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया