Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

ए – लेभल उत्कृष्ट विद्यार्थीलाई सम्मान

बुधबार, ०६ फागुन २०७१

काठमाडौं ६ फागुन / क्याब्रिज युनिभर्सिटि र ब्रिटिस काउन्सिलले ए – लेभल उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । सन् २०१४ को मे /जुन र अक्टोबर / नोभेम्बरमा सञ्चालन भएको बार्षिक परीक्षामा सहभागि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीमध्ये ३३ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट हुनेमा सबै भन्दा धेरै ९ जना विद्यार्थी चेल्सी ईन्टरनेशनल एकेडेमिका थिए । यसैगरी सेन्ट जेभियर्स कलेजका ६, बुढानिलकण्ठ, रातो बङ्गला, ट्रिनिटी कलेजका ५–५ जना विद्यार्थी उत्कृष्ट भए । यसैगरी काठमाण्डौं ईन्टरनेशनल स्टडी सेन्टरका ३, ब्रिटिस स्कुल तथा जेम्स ईष्टिच्युट अफ आईयर एजुकेशनका २–२ जना विद्यार्थी उत्कृष्ट भए । यस्तै गण्डकी बोर्डिङ, एसीई ईष्टिच्युट अफ म्यानेजमेण्ट, ग्लोबल कलेज ईन्टरनेशनल, एजे वाईल्ड ईष्टिच्युट, साईपाल एकेडेमी र ओरियण्ट कलेजका १–१ विद्यार्थी उत्कृष्ट भए ।

कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति परमानन्द झाले गुणस्तरीय शिक्षाका लागि क्याब्रिज युनिभर्सिटि र ब्रिटिस काउन्सिलले योगदान पुर्याएको भन्दै उत्कृष्ट विद्यार्थीलाई शुभकामना ब्यक्त गरे ।

शिक्षा मन्त्रालयका सहसचिव डा. लबदेव अवस्थीले नेपाल सुहाउँदो शैक्षिक कृयाकलाप आवश्यक रहेको बताउँदै विद्यार्थीलाई शुभकामना ब्यक्त गरे ।

ब्रिटिस काउन्सिलका क्षेत्रीय निर्देशक रुचिरा घोषले नेपालका परीक्षार्थीहरुलाई उत्कृष्ट नतिजाका लागि बधाई दिदैं परीक्षार्थीहरुको धैयर्ता, शिक्षकहरुको समर्पण र परिवारको सहयोगले यो नतिजा प्राप्त भएको बताईन् ।

कार्यक्रममा बृटिस काउन्सिल नेपालका प्रमुख ब्राण्डन म्याक सरी लगायतले उक्त शैक्षिक कार्यक्रमका साथै विद्यार्थीलाई शुभकामना ब्यक्त गरे ।

प्रमुख अतिथी झाले क्याब्रिज एडभान्स एस लेभलको औपचारिक शुरुवात पनि गरे । एस लेभल नेपाल स्टडिज् सन् २०१६ जुन देखि शुरु हुने छ ।

प्रतिक्रिया