Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

पत्रकार गिरीलाई शिक्षा पत्रकारिता पुरस्कार

विहीबार, २२ माघ २०७१

झापा २२ माघ / पत्रकारिताको माध्यामबाट शिक्षा क्षेत्रमा योगदान गरे बापत पत्रकार एकराज गिरीलाई दुहागढी ७ मा रहेको बाल सुवोधिनी निमाविले पुरस्कृृत गरेको छ । यसै बर्ष स्थापित पाँच हजार रुपैँया राशीको पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो ।

विद्यालयको ४७ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा कार्यालयका उप सचिव उद्धव विष्टले उनलाई उक्त पुरस्कार प्रदान गरे ।

पत्रकार महासंघ झापाका सचिव समेत रहेका पत्रकार गिरी पूर्वाञ्चल दैनिकका कार्यकारी सम्पादक र रेडियो नेपालका झापा संवाददाता हुन् ।
प्रमुख अतिथि विष्ट,नेपाल शिक्षक युनियनका अध्यक्ष तेजप्रसाद चौलागाई, काकर भिट्टाका स्रोत व्यक्ति लोकबहादुर दाहाल, आदर्श उमावि इटाभट्टाका प्राचार्य हेम खड्का लगायतले विद्यालय नमूना र जिल्लाकै उत्कृष्ट बनेको भन्दै प्रसंशा गरेका थिए ।

विद्यालयको गतिविधिबारे प्रधानाध्यापक विश्व थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया