Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षा विभागमा नयाँ महानिर्देशक

बुधबार, १४ माघ २०७१

भक्तपुर १४ माघ / डा. डिल्लिराम रिमालले शिक्षा विभागको महानिर्देशकको रुपमा कार्यभार सम्हालेका छन् । उनलाई विभागका कर्मचारीले बुधबार एक कार्यक्रम गरी स्वागत गरे ।  सोही कार्यक्रममा यस अघिका महानिर्देशक डा. लवदेव अवस्थीलाई विदाई पनि गरियो ।

कार्यभार सम्हाले पछि एडुखबरसँग कुरा गर्दै रिमालले सबै कर्मचारीहरुसँग छलफल गरेर सामुहिक रुपमा काम गर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका कृयाकलापका बारेमा फाईल लगेर अनुसन्धान गरिरहेको छ । यस्तो बेलामा तपाईको काम कसरी शुरु हुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘सुधार गर्नु पर्ने क्षेत्रमा सुधार गर्ने र उठेका मुद्धालाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा आफ्नो टिमसँग सहकार्य गरेर काम गर्छु  ।’

२०५३ सालमा उपसचिवबाट शिक्षा सेवा प्रबेश गरेका रिमाल यस अघि शिक्षा मन्त्रालयमा थिए ।

मन्त्रालयले गएको आईतबार ६ जना सहसचिवहरुको सरुवा गरेको थियो । यो पनि पढ्नुहोस् शिक्षा योजनाको जिम्मेवारी अवस्थीलाई

 

प्रतिक्रिया