Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शैक्षिक मुद्धामा अभियानमुखी हुने प्रतिबद्धता

शुक्रबार, ०२ माघ २०७१

काठमाडौं २ माघ / शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले आफूहरु शैक्षिक मुद्धामा कार्यक्रम भन्दा पनि अभियानमुखी हुने प्रतिबद्धता जनाएका छन् । ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल’ को हालै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाइ दिन शिक्षा पत्रकार समूहले गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष राजकुमार गन्धर्वले शिक्षाका लागि तय भएका सरकारी कार्यक्रमलाई आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गरेर सघाउने बताए । यसका लागि विशेष कार्ययोजना ल्याउने प्रतिवद्धता समेत ब्यक्त गरे । महासचिव प्रकाश सिलवालले सबैका लागि शिक्षाको अभियान सफल बनाउन आफूहरुले शिक्षालाई आधारभूत अधिकारका रुपमा स्थापित गर्न अभियान सशक्त बनाउने बताए ।

समूहका पूर्व अध्यक्ष हरि थापाले सार्वजनिक शिक्षा सुधारका लागि संकल्प गर्ने बेला आईसकेको बताउँदै यस्ता संस्थाहरु त्यस तर्फ केन्द्रित हुन सुझाव दिए । उनले सार्वजनिक शिक्षा सुधारका लागि स्वेतपत्र सार्वजनिक गर्न पनि सुझाव दिए । समूहका अध्यक्ष सुदर्शन सिग्देलले शिक्षाका समग्र अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

एनसिई नेपालका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष सिग्देल तथा कोषाध्यक्ष प्रदीप न्यौपानेले अविर र खादा पहिर्याई स्वागत सहित बधाई ब्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस् एनसिईको नयाँ कार्यसमिति

प्रतिक्रिया