Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

पत्रकार क्षेत्रीको उपचारका लागि प्याब्सनद्धारा आर्थिक सहयोग

बुधबार, २३ पुस २०७१

काठमाडौं २३ पुस / ब्रेन ट्युमरको अप्रेसन भई नयाँ दिल्लिमा थप उपचारत पत्रकार सूर्यकुमार क्षेत्रीलाई नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनले आर्थिक सहयोग गर्ने भएको छ ।

प्याब्सनको मंगलबार बसेको पदाधिकारी बैठकले २५ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको हो ।

प्रेस यूनीयनका सचिव समेत रहेका क्षेत्री शिक्षा विटमा समेत कृयाशिल पत्रकार हुन् ।

प्याब्सनको रजत जयन्ती बर्ष शुभारम्भको घोषणा गर्न विहिबार आयोजना गर्ने कार्यक्रममा उक्त रकम यूनीयनका अध्यक्ष बद्री सिग्देललाई हस्तान्तरण गर्ने उपमहासचिव राजेन्द्र बानियाँले एडुखबरलाई जानकारी दिए ।

प्रतिक्रिया