Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

२७ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान

आइतबार, २८ मंसिर २०७१

नवलपरासी २८ मंसिर / विजय विकास स्रोत केन्द्र गैंडाकोट र गैर अवासीय नेपाली नेदरल्याण्डको सहयोगमा गैँडाकोटका २७ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ ।

महेन्द्र स्मारक निमावि गैंडाकोट २ का २० र नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालय गैंडाकोट १ का ७ जना विद्यार्थीलाई १ लाख ५ हजार रुपैंया बरावरको सहयोग गरिएको हो । विद्यार्थीलाई १ लाख ५ हजार रुपैंया बरावरको नगद सहित शैक्षिक सामग्री बितरण गरिएको छ ।

नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले विद्यार्थीको शैक्षिक विकासमा विजय विकास स्रोत केन्द्रले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताए । यस्तै सहायक जिल्ला शिक्षा अधिकारी गोपाल प्रसाद कंडेलले गैँडाकोटको शैक्षिक विकासमा एकजुट हुन आग्रह गरे ।

प्रतिक्रिया