Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

रेडियण्टमा दुई दिने खेलकुद कार्यक्रम

सोमबार, २२ मंसिर २०७१

ललितपुर २२ मंसिर / रेडियण्ट रिडर्स एकेडेमी, सानेपा, ललितपुरले दुई दिने खेलकुद कार्यक्रम गरेको छ । जुनियर स्पोर्टस् मिट नाम दिईएको उक्त कार्यक्रम अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन शनिवार कक्षा २ देखि ५ सम्मका ४ सय ७० विद्यार्थी सहभागि भए भने दोश्रो दिन आईतवार नर्सरी र कक्षा १ का विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीको सृजनशिलता बृद्धि गर्न कार्यक्रम सफल भएको संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले बताए । खेलकुद बिना समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने भएकोले खेलकुदको विकास विद्यालयस्तरबाटै हुनु पर्ने उनले बताए ।

कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धु्रव बहादुर प्रधानले गरेका थिए ।

सम्बन्धित खबर
रेडियण्डको स्पोर्टस् मिट

प्रतिक्रिया