Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

रेडियण्डको स्पोर्टस् मिट

शनिबार, २० मंसिर २०७१

ललितपुर २० मंसिर / रेडियण्ड रिडर्स एकेडेमी ललितपुर सानेपाले शनिबार देखि जुनियर स्पोर्टस् मिट  शुरु गरेको छ ।

अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले शुरु भएको दुई दिने कार्यक्रमको पहिलो दिन शनिवार कक्षा २ देखि ५ सम्मका ४ सय ७० विद्यार्थी सहभागि थिए । विभिन्न १३ विधामा प्रतिस्पर्धा गराईएको थियो । आईतवार नर्सरी र कक्षा १ का विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । सिनीयर कक्षाका विद्यार्थीको प्रतिस्पर्धा भने २ हप्ता पछि गर्ने विद्यालयले जनाएको छ ।

अतिरिक्त कृयाकलापले विद्यार्थीको सृजनशिलतामा  सकारात्मक प्रभाव पार्ने भएकोले कार्यक्रम सञ्चालन गरेको विद्यालयका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले बताए ।  

कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष धु्रव बहादुर प्रधानले गरे । कार्यक्रममा प्रधान सहित विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. अच्युतमणि आचार्य, ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्य लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया