Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

विद्युतीय पुस्तक मोवाईल एप्लिकेसन

शुक्रबार, ०५ मंसिर २०७१

काठमाडौं ५ मंसिर / नेपालमा विद्युतीय पुस्तक मोवाईल एप्लिकेसन आएको छ । वी रिड एप्लिकेसन नामक उक्त प्रविधि कथालयल ल्याएको हो । पहिलो चरणमा यस बर्षको मदन पुरस्कार प्राप्त राधा पौडेलको खलंगामा हमला, रुक्माङ्गद कटवाल र बिनोद चौधरीको आत्मकथालाई उक्त एप्लिकेशन मार्फत पढ्न सकिने कथालयले जनाएको छ ।

एप्लिकेशन मार्फत नेपाल र विश्वभरी रहेका पाठकहरू सामु पुुस्तक, लेखक र प्रकाशकहरूलाई प्रर्वद्धन गर्ने उद्धेश्य रेहको कथालयका प्रमुख कार्यकारी अधिकृत राजीवधर जोशिले बताए । 

एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको अंग्रजी, नेपाली तथा देवनागरी लिपीमा उपलव्ध हुने अन्य क्षेत्रीय भाषाका पुस्तकहरू रहने उनले बताए । यो एप्लिकेसन एन्ड्रोईड सिस्टम चल्ने मोवाईल र ट्यावमा उपलब्ध हुने छ । 

कथालयले विगत ७ वर्षको अवधीमा वाल साहित्यका चित्र कथा, छन्द कविता, विश्वकोष लगायतका १ सय १५ भन्दा वढि शिर्षकका पुस्तकहरू प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया