Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

जोशि र महर्जन मिष्टर एन्ड मिस गेट

शुक्रबार, ०५ मंसिर २०७१

काठमाडौं ५ मंसिर / यस बर्षको मिस्टर गेट र मिस गेटको उपाधि उज्ज्वल जोशी र लुजा महर्जनले जितेका छन् । प्रतियोगितामा मिस्टर पर्सनालिटीको उपाधि सिद्धार्थ गुरुङ र गेट ट्यालेन्टको उपाधि प्रतीक्षा अधिकारीले जिते । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) ले होटल व्यवस्थापन शिक्षा अध्ययन गर्दै आइरहेका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न भन्दै हरेक बर्ष प्रतियोगिता गर्दै आएको छ ।

आतिथ्य सत्कार र होटल व्यवस्थापनका विद्यार्थी विच प्रतियोगिता गरिएको हो । कार्यक्रममा गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाइँले नेपाललाई पाँच तारे पर्यटकीय गन्तव्य बनाउन पर्यटन र होटल व्यवस्थापन शिक्षालाई विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपालका विभिन्न विद्यालय तथा कलेजहरुमा चिनियाँ भाषा शिक्षाको अध्यापन गर्दै आएका चिनियाँ शिक्षकहरुले कुङ्फु र चिनियाँ लोकनृत्य प्रस्तुत गरेका थिए ।

उक्त अबसरमा गेट कलेजको बृहत भेला पनि आयोजना गरियो । गेट कलेजमा होटल व्यवस्थापन शिक्षाका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई पर्यटन तथा होटल व्यवस्थापन शिक्षाकाबारे जानकारी दिने उद्देश्यले कलेजले बृहत्  भेला (मेगा एसेम्बली) गरेको हो । नेपालको पर्यटन तथा होटल उद्योगको आवश्यकता पूर्ति गर्ने उद्देश्यसहित कलेजले सात वर्षदेखि नेपालमा स्वीस स्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ ।

कलेज स्थापनादेखि हालसम्म झन्डै ७ सय विद्यार्थीले होटल व्यवस्थापन शिक्षा लिइसकेका छन्, जसमध्ये ३ सयले अध्ययन पूरा गरिसकेको कार्यक्रममा जानकारी दिइयो । सोही अवसरमा कलेजका १४ औं ब्याचका विद्यार्थीले आआफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया