Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

आदर्श सरलमा पुस्तकालयलाई सहयोग

मंगलबार, २५ कार्तिक २०७१

ललितपुर १५ कात्तिक / विभिन्न पाँच वटा विद्यालयले मिलेर आदर्श सरल माध्यामिक विद्यालय नागवहालमा व्यवस्थित पुस्तकालय स्थापना गरिदिएका छन् । विभिन्न सामाजिक कृयाकलापमा सघाउँदै आएको ज्वाईण्ट स्कुल कमिटीले ३ हजार थान किताब र किताव राख्ने ¥याक सहयोग गरेको हो । कमिटीकै विज्ञद्धारा उक्त किताबहरुको कोडिङ् समेत गरिएको छ ।

कार्यक्रममा सेण्ट जेभियर्स स्कुल जावलाखेलका एक्टिभिटि भाईस प्रिन्सीपल रमेश महर्जनले विद्यालयका सहायक प्राचार्य वासुदेव तिमिल्सिनालाई पुस्तक सहितका सामाग्री हस्तान्तरण गरेका हुन् । कमिटीमा सेण्ट जेभियर्स गोदावरी र जावलाखेल, काठमाडौं यूनिभर्सिटी हाई स्कुल काभ्रे, रोजबर्ड स्कुल र डन बस्को स्कुल काठमाडौं आवद्ध छन् ।

कमिटीले विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ । यहि अन्र्तगत यस पटक विभिन्न माध्यामबाट संकलन गरिएको पुस्तक हस्तान्तरण गरिएको कमिटीले जनाएको छ । सरकारी विद्यालय भएर पनि भाडाको घरमा बस्दै आएको उक्त विद्यालय साँघुरो भएकोले सहयोगमा उपलब्ध भएका सबै किताव ¥याकमा राख्न नसकेको विद्यालयले जनाएको छ । यस अघि रुम टु रीडले दिएका र अहिले उपलब्ध भएका किताव मध्ये ¥याकमा नअटाएका किताव बाक्सामा राखिएको छ ।

प्रतिक्रिया