Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

एसईई नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थी कक्षा ११ पढ्न वञ्चित (नतिजा सहित )

शनिबार, ०९ असार २०७५

भक्तपुर - तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो, प्राविधिक त्रुटिलाई दोष दिदैं परीक्षा नियन्त्रण कार्यालयले बल्ल तल्ल यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नीयमित तर्फ ५८ हजार ६ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न वञ्चित भएका छन् । अर्थात् यी विद्यार्थीको जीपीए शुन्य दशमलब ८५ देखि १ दशमलब २ शुन्य आएको छ । जिपीए ३ दशमलब शुन्य ६५ देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार २ सय ३४ रहेको परीक्षा नियन्त्रक अम्विका प्रसाद रेग्मीले जानकारी दिए ।

यस्तै ३ दशमलब २ ५ देखि ३ दशमलब ६ शुन्य जिपीए ल्याउने विद्यार्थीको संख्या ४६ हजार १ सय ३० रहेको छ । सबै भन्दा धेरै जिपीए ल्याउने विद्यार्थी १ दशमलब ६५ देखि २ जिपीए ल्याउनेको संख्या १ लाख १ हजार ४३ रहेको छ ।

विस्तृत माथिको फोटोमा हेर्नुहोस् ।

कार्यालयले विषयगत र गत बष्र्म जस्तो प्रदेश स्तरीय नतिजा भने सार्वजनिक गर्न सकेन ।  प्राविधिक कार्यमा चुस्तता नआउँदा समग्रमा जीपीए प्राप्त गर्ने आधारमा मात्रै नतिजा सार्वजनिक गरिएको छ ।  

विद्यार्थीको क्षमता पहिचानको फरक विधि भन्दै ग्रेडिङ् पद्धती अपनाईए पनि नतिजामा सुधार नआएको भन्दै परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले अझै पनि शैक्षिक सुधार हुन नसकेको पुष्टि भएको बताए ।

'जीपीए दुई भन्दा तल ल्याउने विद्यार्थीको संख्या ४५ प्रतिशत हाराहारी हुनु शैक्षिक स्तर उठ्न नसक्नुको पुष्टि हो' उनले भने 'ग्रेड वृद्धि गर्ने मौका दिदाँ कुल ७५ प्रतिशत हाराहारी विद्यार्थीले कक्षा ११ पढ्न पाउने अपेक्षा गरेका छौं ।'

सी डी प्लस, डी र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सी वा सो भन्दा त्ल्लो ग्रेड प्राप्त गरेको छ त्यस्ता विषय मध्ये विद्यार्थीले चाहेका दुई विषय सम्ममा ग्रेड बृद्धि परीक्षा दिन पाउने ब्यवस्था गरिएको शिक्षा सचिव खगराज बरालले बताए । उक्त परीक्षा साउन २३ गते बाट शुरु गर्ने रेग्मीले बताए ।

नियमित तथा एक्जाम्टेड गरी परीक्षामा सहभागी हुन ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थीले फारम भरे पनि २१ हजार ८ सय ९७ जना अनुपस्थित रहे पछि परीक्षामा जम्मा ४ लाख ६३ हजार ६ सय ८९ जना सहभागी थिए ।

दिउँसो ३ बजे सार्वजनिक गर्ने भनिएको नतिजा आठ बजे सार्वजनिक गर्दै शिक्षा सचिव बराल र नियन्त्रक रेग्मीले प्राविधिक कारणले ढिलो भएकोमा क्षमा याचना गरे ।

कार्यालयले समयमा प्राविधिकको ब्यवस्थापन गर्न नसक्दा यस बर्ष नतिजा प्रकाशनमा धरै अलमल भएको कार्यालय श्रोतले जनाएको छ ।

लामो समय देखि परीक्षाको काममा संलग्न ईञ्जिनियर अनुप न्यौपानेको बढुवासंगै सरुवा भएपछि कार्यालयले  लामो समय सम्म प्राविधिक ब्यवस्थापन गर्न नसके पछि पाठ्यक्रम विकास केन्द्रका ईञ्जिनियर नसिव आचार्य मार्फत् काम गर्दै आएको थियो ।

देशको संरचना परिवर्तन भएसँगै आगामी बर्ष कक्षा दशको परीक्षा प्रदेश स्तरमा हुने बोर्डका अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया