Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

जापान पढ्ने विद्यार्थीद्धारा भूकम्प पिडितलाई सहयोग

विहीबार, २१ असोज २०७२

काठमाडौं २१ असोज / जापानको जाइक गोरेस् एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीले भुकम्पका कारण समस्याका परेका गोरखा र सिन्धुपाल्चोकका बासिन्दालाई सहयोग गरेका छन् । उनीहरुले गोरखाको वारपाक र सिन्धुपाल्चोकको ढूलो धादिङ गाविसका स्वस्थ्य चौकीहरुलाई ८ लाख ६४ हजार रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा औषधी दिएका हुन् ।

एकेडेमीका निर्देशक नाकाता सुनिचीले दुवै जिल्लाका गाविस सचिवलाई सो राहत हस्तान्तरण गरेका थिए । उनले बैशाख १२ गते भएको भुकम्पपछि नेपाललाई सहयोग गर्नका निमित्त एकेडेमीका नेपाली विद्यार्थी र कर्मचारीहरुले आर्थिक राहत संकलन गरेको बताए । 

राहतका लागी कुल २० लाख ६४ हजार रुपैया संकलन भएको र पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटिलाई रु १२ लाख पठाईसकिएको उनले बताए । त्यस पश्चात नेपाली विद्यार्थीसँग छलफल गरी वारपाक र ढूलो धादिङ्का लागी बाँकी रकम खर्चने निर्णय गरे अनुसार आफैं आएको उनले बताए ।

विदेशमा रहेका विद्यार्थीले सहयोग गरेकोमा नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष राजेन्द्र बरालले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा वारपाकका सचिब चेत प्रसाद हुमागाँई र ठूलो धादिङ्का सचिब अर्जुन खड्काले राहतमा अनियमितता नहुने दावी गरे । एकेडेमीलाई राहत वितरण गर्न विदेशमा जाने विद्यार्थीलाई परामर्श दिदैं आएको संस्था चिवा एजुकेशन सेन्टरले सहयोग गरेको थियो ।





प्रतिक्रिया