Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

लामो अवधि प्राध्यापन गरेकालाई सम्मान साथ विदाई

आइतबार, २४ असोज २०७२

चितवन २४ असोज / वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा लामो अवधि प्राध्यापन गरेका ६ जनालाई विदाई गरिएको छ । ६३ बर्ष उमेर हदका कारण अवकास पाएका प्राध्यापक तथा सहप्राध्यापकहरुलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान पत्रका साथ विदाइ गरिएको हो । क्याम्पस र त्रि.वि. प्राध्यापक संघ क्याम्पस एकाइ समितिले एक कार्यक्रम गरी नेपाली विषयका सह प्रा. टेकनारायण भूसाल, जगन्नाथ पण्डित, गणितका सह प्रा. पदमबहादुर पुन, अंग्रेजीका सह प्रा. इन्द्रप्रसाद सापकोटालाई मायाको चिनो सहित दोसल्ला ओढाएर विदाइ गरियो ।
अवकास पाएका मध्ये नेपालीका प्रा.डा. नारायणप्रसाद खनाल र अर्थशास्त्रका सह प्रा. देवीभक्त ढकाल भने कार्यक्रममा उपस्थित भएनन् ।

कार्यक्रममा नवआगन्तुक तथा बढुवा भएकाहरुलाई स्वागत समेत गरियो । सुर्खेत क्याम्पसबाट आएका उप प्रा. विन्देश्वर महतो सहित प्राध्यापकमा बढूवा भएका नेपाली विषयका डा. कुलप्रसाद ढुंगाना, डा. होमनाथ सापकोटा, कपिलमणि शर्मा रेग्मी, गणित विषयका दयाराम पौडेल भौतिकशास्त्र विषयका अरुणकुमार श्रेष्ठलाई सम्मान गरियो । यस्तै उप प्रा.बाट सह प्रा. मा बढूवा हुनेहरु अर्थशास्त्रका गोविन्द सापकोटा, रमेशबाबु ढकाल गणित विषयका राजाराम आचार्य र प्रेमसागर भण्डारीलाई दोसल्ला ओढाइ सम्मान गरियो ।

उक्त कार्यक्रममा विजयादशमी, दीपावली तथा छठपर्व र नेपाल सम्बत् ११३६ को अवसरमा शुभकामना आदान प्रदान समेत गरियो ।

कार्यक्रममा क्याम्पसको स्वर्णजयन्तीका अवसरमा प्रकाशित विवेचना तथा अनुसन्धानमूलक लेख रचनाहरुको सँगालो विवेकको १० औं अंकको प्रमुख अतिथि प्रा.डा. सीताराबहादुर थापा र क्याम्पस प्रमुख डा. केशवभक्त सापकोटाले विमोचन गरे ।

प्रतिक्रिया