Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

सोचे जस्तो भएन साझाको पुस्तक प्रदर्शनी

मंगलबार, २६ असोज २०७२

काठमाडौं २६ असोज / साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनीमा अनुमान गरे भन्दा निकै कम व्यापार भएको छ । असोज १४ गते देखि गत आईतबार सम्म चलेको प्रदर्शनीमा १३ लाख रुपैंयाको मात्रै ब्यापार भएको साझाले जनाएको छ । उक्त रकम मध्ये १० लाख प्रज्ञा प्रतिष्ठानमा भएको प्रदर्शनी र बाँकी ३ लाख प्रदर्शनी मार्गमा रहेको डिपोबाट भएको साझाले जनाएको छ । साझाले उक्त प्रर्दशनीमा ५० लाख रुपैंया हाराहारी ब्यापार हुने अपेक्षा गरेको थियो ।

भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन अभाव भएपछि पाठकहरुको उपस्थिती हुन नसक्दा सोचे जस्तो ब्यापार हुन नसकेको साझाले जनाएको छ । प्रर्दशनीको पहिलो दिन २५ हजार, दोस्रो दिन १ लाख र तेस्रो दिन १ लाख २० हजार बराबरको पुस्तक विक्रि भएको महाप्रवन्धक डोलिन्द्र प्रसाद शर्माले बताए । चौथो दिनदेखी सुरु भएको नाकाबन्दीका कारण प्रर्दशनीमा असर पुगेको उनको भनाई छ ।

त्रिभुवन विश्वविद्यालय स्थित केन्द्रिय पुस्तकालयले २५ हजार रुपैंया बराबरको पुस्तक माग गरे पनि ईन्धन अभावले गर्दा पुस्तक पु¥याउन नसकेको उनले बताए । त्यस्तै व्यवस्थापिका संसद मार्फत सांसदहरुलाई २० हजार रुपैंया बारबरको पुस्तक बेच्ने योजना पनि पुरा हुन सकेन ।

काठमाडौंमा जस्तै उपत्यका बाहिर विभिन्न १५ शहरमा गर्ने भनिएको पुस्तक प्रदर्शनी पनि स्थगित भएको छ । विभिन्न विधाका १ हजार प्रकारका पुस्तक राखिएको प्रर्दशनीमा २५ देखी ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया