Edukhabar
आइतबार, २३ बैशाख २०८१
खबर/फिचर

शिक्षण संस्था बन्द गर्न सरकारकै निर्देशन !

मंगलबार, १२ भदौ २०७५

काठमाडौं - आगामी बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका शिक्षण संस्था बन्द गर्न सरकारले नै निर्देशन दिएको छ । विमस्टेकको चौथो शिखर सम्मेलन सुरक्षाको कारण देखाएर शिक्षा मन्त्रालयले भदौ १४ र १५ गते शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको हो । 

उक्त निर्देशन सँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र पछि गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा उक्त परिपत्र गरिएको संघीय मन्त्रालयले जनाएको छ । 

'सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिहरुको आवगमनलाई सुरक्षित, ब्यवस्थित र सहज बनाउने उद्धेश्यले भदौ १४ र १५ गते २ दिन काठमाडौंका शिक्षण संस्था विदा गर्न र शिक्षण संस्थाका सवारी साधन समेत नचलाउने ब्यवस्था गर्न लेखि आएको' उक्त पत्रमा  उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया