Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ को नतिजा, ग्रेडवृद्धि परीक्षालाई ३ मापदण्ड तय

शनिबार, २० असोज २०७५

भक्तपुर - कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । गत बैशाख जेठमा सञ्चालन भएको परीक्षा अन्र्तगत नियमित र आँशिक परीक्षार्थीहरुको परीक्षाफल अक्षंराङ्कन पद्धति ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिएको हो । परीक्षामा सहभागी नियमिततर्फका ३ लाख ३२ हजार ८ सय सय ९१ र आंशिकतर्फका १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

उक्त संख्या अन्र्तगत नियमिततर्फ एक हजार एक सय ४५ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ८ हजार ९ सय ४९ जना छन् भने २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन् । २.४१ देखि २.८० जीपीए प्राप्त गरेका विद्यार्थीको संख्या ४८ हजार ७ सय ३२ छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार ७ सय ७० छ भने ९२ हजार ५ सय ९३ परीक्षार्थीले १.६१ देखि २.०० जीपीए पाएका छन् । १.२१ देखि १.६० जीपीए ल्याउने ४१ हजार ४ सय ६ जना र ०.८१ देखि १.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८ हजार १ सय २७ रहेको छ । ०.० देखि ०.८० जीपीए पाउने २० हजार ६ सय ८५ विद्यार्थी छन् ।

आंशिकको अंक पद्धतितर्फ ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ ।

नतिजा यहाँबट थाह पाउनुस्  : http://www.neb.gov.np/results

परीक्षा गत वैशाख ३० देखि जेठ ९ गतेसम्म भएको थियो ।

यसैविच ग्रेडवृद्धि परीक्षा भने आगामी मंसिर ८ गते सञ्चालन गरिने बोर्डले जनाएको छ । यसका लागि बोर्डले ३ मापदण्ड तय गरेको छ ।

अन्य सबै विषयमा सी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी प्लस प्राप्त गरेका परीक्षार्थीहरुले अनुपस्थित वा डी प्लस प्राप्त गरेको विषयमा ग्रेडवृद्धि / पुरक परीक्षामा सहभागी हुन सक्ने छन् । यस्तै अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी वा ई ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले डी वा ई ग्रेड प्राप्त गरेको वा अनुपस्थित रहेको कुनै एक विषयमा ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुन सक्ने छन् ।

यस्तै अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक प्रयोगात्मक विषयमा अनुपस्थित वा डी वा ई ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले समेत उक्त विषयको प्रयोगात्मक परीक्षामा नियमानुसार आवेदन भरी ग्रेडवृद्धि/ पुरक परीक्षामा सहभागी हुन सक्ने बोर्डले जनाएको छ ।

परीक्षाका लागि कात्तिक २८ गते भित्र फारम भर्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर भने मंसिर ३ गते सम्म फारम भर्न सक्ने बोर्डले जनाएको छ ।

फारम भर्दा वेभसाईटबाट डाउनलोड गरिएको कक्षा ११ को ग्रेडसीट वा लेजर संलग्न गर्नु पर्ने छ । परीक्षा केन्द्र पछि तोक्ने बोर्डले जनाएको छ । परीक्षामा सम्मिलित हुने परीक्षार्थीले फारम र तोकिएको शुल्क बुझाई सम्बन्धित विद्यालयका प्राचार्यबाट प्रमाणित गराई बोर्डका शाखा कार्यालयमा फारम बुझाउनु पर्ने छ ।

प्रतिक्रिया