Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

माफिया प्रभावको आरोप, धर्ना बसेका विद्यार्थी गिरफ्तार

शनिबार, ०१ मंसिर २०७५

चितवन - कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई दिइएको सम्बन्धनको विरोध चर्किदैं गएको छ । विश्वविद्यालयले यस अघि दिएको सम्बन्धनलाई मन्त्री परिषद् बैठकले स्थगित गरेको अवस्थामा पनि प्रधानमन्त्रीकै निर्देश्न अवज्ञा गर्दै विश्वविद्यालयले भर्ना प्रकृया शुरु गरेपछि विद्यार्थी र प्राध्यापक आन्दोलनमा उत्रिएका हुन् । माफियाको प्रभावमा विश्वविद्यालयले काम गरेको आरोप लगाउँदै विद्यार्थीले शुरु गरेको धर्नामा प्रहरी हस्तक्षेप भएको छ । शुक्रबार प्रहरीले हेमराज रेग्मी, बामदेव कठायत लगायतका १० जना विद्यार्थीलाई विश्वविद्यालयको गेटबाटै पक्रेको छ ।

आफूहरु आन्दोलनमा रहेको बताउँदै क्याम्पसका पदाधिकारीहरुको गाडि अबरुद्ध गर्दै धर्नामा बसेका उनीरुलाई प्रहरी लगाएर थुनिएको उपप्राध्यापक ईश्वरीप्रसाद कडरियाले बताए । विद्यार्थीले रजिष्टार मनराज कोलाक्षपतिको गाडी अबरुद्ध गरेका थिए ।

'प्रधानमन्त्री स्वमले सिनेट बैठकमा सम्बन्धन मैले खारेज गरेको हो , अब कुनै हालतमा पनि यो अगाडि बढ्दैन भन्दा भन्दै विश्वविधालय पधाधिकारि मार्फत भर्ना प्रकिया अगाडि बढाउनुले माफियाहरु कती शक्तिशाली छन् भनेर बुझ्न कठिन पर्दैन' उनले भने, 'यसमा ठुलो आर्थिक चलखेल देखिन्छ, प्रकृया मिचिएको छ, फिल्ड अनुगमन प्रतिबेदन बनाबटी छ, सम्बन्धन को बिपक्षमा रहेका म लगायत अन्य पधाधिकारिलाई फ्याकल्टी बोर्ड एबम परिषद बैठकमा नबोलाई अपार्दर्शी ढंगले सम्बन्धन दिने प्रकृया अगाडि बधाईएको थियो । उक्त घटनाको छानविन गरी भ्रष्ट पधाधिकारि बर्खास्त गर्नु पर्ने उनको माग छ ।'

गएको असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णय मन्त्री परिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरे पनि निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । रिटको सुनुवाई गर्दै अदालतले उक्त निर्णय कार्यन्वयन नगराउन गत असोज ९ गते अन्तरिम आदेश गरेको छ । उक्त रिटको अन्तिम आदेश बाँकी नै छ । मुद्धाको पेशी आगामी पुस २६ गतेलाई तोकिएको छ । अदालतको अन्तरिम आदेशले भर्नाको प्रकृया शुरु गर्न बाटो खोलेको तर्क दिदैं विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने सूचना जारी गरेको थियो ।

उक्त निर्णय अनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ ।

यी खबर पनि पढ्नुहोस् : विश्वविद्यालयले दिने सम्बन्धनमा रोक, कृषिको आठ सम्बन्धन खारेज

प्रवेश परीक्षाको मिति तोकिएसँगै फेरी आन्दोलन

प्रतिक्रिया