Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

श्रोतव्यक्तिको काज फिर्ता, सट्टा शिक्षकलाई माघ सम्मको तलब

बुधबार, ०८ फागुन २०७५

भक्तपुर - श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ । श्रोतव्यक्तिको सट्टामा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई  साउन देखि माघ मसान्त सम्मको तलब भत्ता दिएर श्रोतव्यक्तिहरुलाई साविकको पदमा काज फिर्ता गर्न केन्द्रले परिपत्र गरेको हो । 

उनीहरुले पाउने तलब भत्ता यकिन गरी माग गर्न र उक्त विवरण प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गरी तलब भत्ता उपलब्ध गराउने प्रवन्ध मिलाउने केन्द्रले जनाएको छ । अहिले सम्म श्रोतव्यक्तिको जिम्मामा रहेका जिन्सी, नगद तथा अन्य कागजातहरुको बुझबुझारथको व्यवस्था मिलाउन पनि केन्द्रले एकाइलाई निर्देशन दिएको छ । 

विद्यालयको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्थानीय तहमा यस्तो प्रकृतीको संरचना र प्राविधिक जनशक्तिको आवश्यकता भएमा स्थानीय तहकै श्रोतबाट गर्न सक्ने भन्ने निर्णय मन्त्रीपरिषद्बाट भएकोले सोको जानकारी स्थानीय तहलाई दिई आवश्यकता अनुसार सहजीकरण गर्न भनिएको छ ।  

सरकारले गत फागुन ३ गतेको मन्त्रीपरिषद्बाट श्रोतव्यक्ति हटाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया