Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षक आयोगले सच्यायो नतिजा थाह पाउने तरिका, अब नाम नामेसी नै हेर्न मिल्ने

शुक्रबार, २४ फागुन २०७५

भक्तपुर - शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा थाह पाउने तरिका सच्याएको छ । सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र क्षेत्र लेखे पछि मात्रै थाह पाउने गरी आयोगको वेभसाईट मार्फत् सार्वजनिक भएको अन्तर्वार्ताको विवरणका कारण नतिजा थाह पाउन असहज भएको भन्दै गुनासो बढे पछि आयोगले सच्याएको हो ।  

सम्बन्धित उम्मेद्वारको विवरण राखेपछि मात्रै नतिजा हेर्न सक्ने भए पछि  प्रविधिको पहुँचमा नभएका उम्मेद्वारका आफन्तले नतिजा थाह पाउन मुस्किल भएको गुनासो गरेका थिए । उक्त गुनासो पछि आयोगले सबै नाम नामेसी सहितको विवरण सार्वजनिक गर्ने भए पनि केही समय लाग्ने भएकाले तत्काल विवरण लेखे पछि थाह पाउने गरी सार्वजनिक गरिएको अध्यक्ष ताना गौतमले बताएका थिए ।

पढ्नुहोस् : अस्थायी शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक, ३ सय ९५ जना स्थायीमा सिफारिस

नतिजा सार्वजनिक गर्ने क्रमको पहिलो दिन बिहीबार निम्न माध्यमिक तह अन्र्तगत सबै क्षेत्रको गणित, गणित विज्ञान र कम्प्युटरको नतिजा सार्वजनिक गरिएको थियो ।  जसमा ३ सय ९५ जना स्थायीमा सिफारिस भएका छन् । जस अनुसार गणित विज्ञानमा ४५, गणितमा ३ सय ४९ र कम्प्युटरमा १ जना स्थायीका लागि सिफारिस भएको आयोगले जनाएको छ ।

हेर्नुहोस् नाम नामेसी सहितको नतिजा :

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए ।

प्रतिक्रिया