Edukhabar
आइतबार, ०६ जेठ २०८१
खबर/फिचर

स्थायी शिक्षक खुल्ला तर्फ लिखितको नतिजा प्रकाशन, अन्तर्वार्ता २५ गते

विहीबार, १२ बैशाख २०७६

भक्तपुर - शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार पहिलो दिन माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।

नतिजा अनुसार पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा मध्यमाञ्चलको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कृषि, मध्यपश्चिमाञ्चलको भूगोल र सुदूर पश्चिमाञ्चलको संस्कृत साहित्य तर्फको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

नतिजा हेर्नुहोस् :

 

बिहीबार भएको नतिजामा उत्र्तीणहरुको अन्तर्वार्ता बैशाख २५ गतेलाई तोकिएको आयोगले जनाएको छ ।

कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा  विज्ञापन  भएको थियो ।

गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते  परीक्षा भएको थियो । परीक्षा भएको तीन महिना पछि आयोगले काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा गत पुष २३ गतेबाट कापी परीक्षणको काम शुरु गरेको थियो ।

खुल्ला विज्ञापनको परीक्षा कै बिचमा कार्यरत अस्थायी शिक्षक परीक्षाका प्रकृयागत कार्य गर्नु परेकाले ढिलो भएको आयोगका पदाधिकारीहरुले बताउँदै आएका छन् । 

प्रतिक्रिया