Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सरकारको नीति तथा कार्यक्रम : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने

शुक्रबार, २० बैशाख २०७६

काठमाडौं - शैक्षिक क्षेत्र सुधारमा योगदान पुर्याउन सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । संसदको संयुक्त बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसका लागि छुट्टै कोष खडा गरी कार्यक्रम सञ्चालन गरिने घोषणा गरेकी छन् । आगामी दुई बर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

शिक्षा विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्टिकृत विश्वविद्यालयका रुपमा आगामी २ बर्ष भित्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा ल्याईने सरकारको योजना छ । 

आगामी आर्थिक बर्ष भित्र सबै सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्याङ् ईन्टरनेट पुर्याउने, विश्वविद्यालय विद्यालय लगायत सार्वजनिक निकायमा प्रयोग विहिन जमिन उपयोगमा ल्याईने सरकारको नीतिमा उल्लेख छ । 

चालु बर्षमा विद्यालय बाहिर रहेका बालबालिका मध्ये ८१ प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिएको र देशभरका ४ सय ५७ स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय स्थापना भएको उनले उल्लेख गरिन् । 

सरकारी लगानी अर्थतन्त्रका प्रमुख क्षेत्रमा प्राथमिकतामा राख्ने बताउँदै राष्ट्रपतिले ४ बर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् । आगामी आर्थिक बर्ष ईतिहासकै तिब्र आर्थिक विकास बर्ष हुने उनले उल्लेख गरिन् । 

२५ बर्षको दिर्घकालिन सोच सहित साउन देखि १५ औं योजना लागू हुने बताउँदै राष्ट्रपतिले सन् ३० अगावै दिगो विकासका लक्ष्य पुरा गर्ने गरी नीति तर्जुमा गर्ने बताईन् । 

आवश्यकता र सामथ्र्यको विश्लेषण गरी वित्तिय हस्तान्तरणलाई समन्यायिक बनाईने, 

देशप्रति सम्मान भाव र अपनत्व विकास हुने गरी कार्य गर्ने, साझा अधिकार सूचीमा रहेका अधिकारलाई व्यवस्थित गर्ने कार्यक्रममो उनले घोषणा गरिन् ।  

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न मानवीय क्षमता विकास, पूर्वाधार विकास असमानताको अन्त्य विधिको शासनको प्रत्याभूतीलाइृ प्राथमिकतामा राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको लाभ महसुन गराउन सरकार प्रतिवद्ध रहेको उनले उल्लेख गरेकी छन् । 

विगत बर्षको उपलब्धि उत्साहवर्धक रहेको बताउँदै उनले हरेक दिन एक कदम अघि बढ्ने सरकारको सोचले उत्साह भरिएको उल्लेख गरिन् । आगामी बर्षलाई शासकीय स्वच्छता अभियान बर्षका रुपमा कार्य गर्ने सरकारको नीति छ । भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको, सरकार खोला खोलामा पुगेको, रेलमार्ग निर्माणको प्राविधिक काम शुरु भएको भनदे उनले गत बर्षको उपलब्धि उल्लेख गरिन् । 

यो पनि पढ्नुहोस्  : स्नातक युवालाई फेलोसीप, पानी जहाज, रेल यातायातमा आवश्यक जनशक्ति विकास गर्ने 

प्रतिक्रिया