Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

स्नातक युवालाई 'फेलोसीप', पानी जहाज, रेल यातायातमा आवश्यक जनशक्ति विकास गर्ने

शुक्रबार, २० बैशाख २०७६

काठमाडौं - चिनौं आफ्नो माटो बनाउँ आफ्नै देश अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिप सहित मुलुक भर परिचालन गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी बर्षको सरकरको नीति तथा कार्यक्रम मार्फत् उक्त अभियान सार्वजनिक गरिएको हो । 

२०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय सवलीकरण दशकका रुपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने भण्डारीले उल्लेख गरिन् । विद्यार्थीलाई सार्वजनिक तथा निजी संस्था एवं प्रतिष्ठानहरुको कार्यस्थलमा ईन्टन गराईने, अघिल्लो शैक्षिक बषएमा शुरु विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिई २ बर्ष भित्र विद्यालय जाने सबैलाई विद्यालय भर्ना गर्ने, प्राथमिक तहमा भर्ना भएको जुन सुकै विद्यार्थीले मावि तह पुरा गर्ने सुनिश्चित गर्न छात्रबृति दिवा खाजा विद्यार्थी मैत्री पाठ्यक्रम ब्यवस्था गर्ने सरकारको योजना छ । विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चिचतााका लागि सामुदायिक विद्यालयका शिक्षकलाई नियमित तालिम प्रदान गर्नुका साथै शैक्षिक सामग्रीको उत्पादन र वितरणमा जोड दिईने सरकारको योजना छ । 

अध्ययन अध्यापनमा दूर शिक्षा पद्धती अबलम्बन गर्ने उल्लेख गर्दै भण्डारीले उद्यमशीलता मर्यादा र अनुशासनमा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको प्रवर्धनमा योगदान गर्ने शैक्षिक प्रणाली विकास गरिने उल्लेख गरिन् । विदुषी योगमाया आर्युवेद विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गरिने, प्राविधिक तथा ब्यवसायिक शिक्षाको विस्तार समृद्ध नेपाल निर्माणको आधार कार्यक्रम अन्र्तगत सै स्थानीय तहमा २ बर्ष भित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने, सबै सामुदायिक माविमा प्रयोगशाला स्थापना गर्ने सरकारको योजना छ । 

मदन भण्डारी प्रादेशिक विश्वविद्यालयको पूर्व घोषित कार्यक्रमलाई निरन्तरता, प्राविधिक सीपमूलक शिक्षाबाट जनशक्ति तयार गर्ने, पानी जहाज रेल यातायात जस्ता क्षेत्रमा आवश्यक दक्ष जनशक्ति विकास गर्न स्वदेश तथा विदेशमा अध्ययन गराईने सरकारको नीति छ । प्राविधिक शिक्षामा नेपालको मौलिक कला संस्कृती र ज्ञानको विकास र प्रवर्धन गर्न जनशक्ति तयार गर्ने, असल सृजनशील जनशक्तिका लागि विज्ञान प्रविधि र अनुसान्धानमा लगानी बृद्धि गर्ने सरकारको योजना छ । 

जनसांख्यिक बनौट र भोगोलिक अवस्थाका आधारमा नक्सांकन गरी विद्यालय तथा शिक्षण संस्थाहरुको समायोजन तथा एकिकरण गर्ने पनि सरकारले नीति लिएको छ ।  

देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निशुल्क उपलब्ध गरार्यने, युवाहरुको क्षमता पहिचान गर्ने कार्यक्रम सञ्चालन गर्ने र विज्ञानका क्षेत्रमा नेपालीको आविष्कार प्रचार गर्न युवा बैज्ञानिक सम्मेलन गर्ने पनि सरकारको योजना छ । 

यो पनि पढ्नुहोस्    

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने

प्रतिक्रिया