Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

खर्च जुटाउन विद्यालयमै गिटी कुट्छन् विद्यार्थी

विहीबार, ३० जेठ २०७६

काठमाडौं ३० जेठ / सरकारले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन् । 

निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन् । विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन् । 

‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु ।’ 

नयाँ पत्रिकामा हेमन्त के.सी.ले लेखेका छन् । 

प्रतिक्रिया