Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

पूर्व शिक्षा मन्त्री पौडेलको निधन प्रति शोक, संसद बैठक स्थगित

शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं  - पूर्व शिक्षा मन्त्री धनिराम पौडेलको निधन प्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शुक्रबारको संसद बैठक स्थगित गरिएको छ । बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराद्वारा प्रस्तुत शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो । 

'ने क पा को केन्द्रिय सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, सादा जीवन पद्धतिमा विश्वास राख्ने शालिन नेता धनिराम पौडेलको ५३ वर्षको उमेरमा मिति २०७६ साल जेठ ३१ गते शुक्रबार बिहान चितवन माडीमा असामयिक निधन भएकोमा उहाँको निधन प्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछ' उक्त शोक प्रस्तावमा भनिएको छ । 

शुक्रबार श्रम, भौतिक र उर्जा मन्त्रालयको विनियोजन शिर्षक माथिको छलफल निर्धारण गरिएको थियो । उक्त छलफल असार ३ गतेको बैठकमा गर्ने र आउँदो बैठक असार १ गते आईतबार विहान ११ बजे बस्ने गरी स्थगित भएको सभामुख महराले जानकारी गराए ।  

पूर्व शिक्षा मन्त्री, सांसद् एवं नेकपा नेता पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनमा निधन भएको थियो ।

पूर्व शिक्षा मन्त्री पौडेलको निधन

प्रतिक्रिया